सान्टियागो, १७ असार । पाराग्वेविरुद्ध सानदार जित हात पार्दै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान चिलीको इस्टर रोआ रंगशालाम भएको दोस्रो सेमिफमाइनल खेलमा पाराग्वेमाथि ६–१ को फराकिलो जित हात पार्यो । उपाधिको बलियो दाबेदार मानिएको ब्राजिललाई क्वाटरफाइनलमा हराएको पाराग्वेलले अर्जेन्टिनासामु खेलेर खेल्न नसकदा ६–१ को फराकिलो हार बेहार्यो ।
अर्जेन्टिनाको फराकिलो जितमा एन्जल डि मारियाले दुई तथा मार्काे रोजो, जाभियर पास्टेरो, सर्जियो अग्विरो र गोन्जलो शिग्विनले एक/एक गोल गरे । १५औँ मिनेटमा लियोनेल मेसीको पासमा डिफेन्डर मार्को रोजोले गोलको खाता खोले । २७औँ मिनेटमा मेसीकै पासमा जाभियर पास्टेरोले अर्को गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । २–० ले पछि पर्दै आक्रमक खेल खेलेको पाराग्वेले ४३औँ मिनेटमा लुकास बारियोसले ब्रुनो भाल्डेजको पासमा गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो । पहिलो हाफ २–१ म सकिएपछि दोस्रो हाफमा झनै आक्रमक खेल खेलेको अर्जेन्टिनाले पाराग्वेको कमजोर खेलका फाइदा उठाउँदै थप चार गोल गर्न सफल भयो ।
एकतर्फी बनेको खेलको ४७औँ मिनेटमा जाभियर पास्टेरोको पासमा एन्जेल डि मारियाले गोल गर्दै खेललाई ३–१ को स्थितिमा पुर्याए । ५३औँ मिनेटमा फेरि डि मारियाले नै गोल गरे पछि खेल ४–१ को अबस्थामा पुगेको थियो ।
उपाधिको बलियो दावेदार सामु दोस्रो हाफमा निरीह बनेको खेलको ८०औँ मिनेटमा डि मारियाका सटिक पासमा पाराग्वेका तीनजना डिफेन्डरलाई छलाउँदै अग्विरोले हेड गोल गरे । ८१औँ मिनेटमा अग्विरोको स्थानमा मैदान छिरेका हिगुइनले ८३औँ मिनेटमा लियोनेल मेसीकै पासमा गोल गरे । त्यसपछि थप गोल हुन सकेन । पाराग्वेविरुद्धको खेलमा तीनवटा गोलका अवसर मिलाएका कप्तान लियोनेल मेसीले भने गोल गर्न सकेनन् ।
यी दुई टोलीले समूह चरणमा दुई–दुई गोलको बराबरी खेलेको थियो । खेलमा अर्जेन्टिनाले २–० को अग्रता जोगाउन सकेको थिएन । पाराग्वेले खेलमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई दुई–दुई गोलको बराबरीमा ल्याएका थिए । सन् १९९३ यता ठूलो उपाधि जित्न नसकेको अर्र्जेिन्टनाले उपािधका लागि घरेलु टोली चिलीसँग ४ जुलाईमा भिड्नेछ । ब्राजिल विश्वकपमा जर्मनीलाई उपाधि सुम्पेको अर्जेन्टिना यो उपाधि जित्दै विश्वकपको घाउ मेटाउने योजनामा हुनेछ भने घरेलु टोली चिली पनि कोपा अमेरिकाको पहिलो उपाधि घरमै राख्ने दाउमा छ ।
प्रतिक्रिया