बारपाकमा टिस्टापारिको साइनो

barpakकाठमाडौं । वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकमा छायांकन गरिएको फिल्म ‘टिस्टापारिको साइनो’ हाल पोस्ट प्रोडक्सनमा रहेको छ । बारपाकका स्थानीय जनताहरूले पनि अभिनय रहेको फिल्मले बारपाकका सुन्दर दृश्यलाई समेटेको छ ।
पोस्ट प्रोडक्सनअन्तर्गतको सम्पादन चरणमा रहेको फिल्मको निर्देशन गुरुङ फिल्मको निर्देशनमा ख्याति कमाएका युवा खिलबहादुर गुरुङले गरेका हुन् । फिल्ममा उनी नै प्रमुख भूमिकामा अभिनय गरेका छन् । ‘भूकम्पपछि म राहत कार्यक्रम लिएर बारपाक र लाप्राक पुगेको थिएँ । त्यस्तो प्राकृतिक सौन्दर्यको खानी बारपाक र लाप्राकको अहिलेको अवस्था देख्दा मेरो आँखा रसायो,’ उनले भने ।
सम्पूर्ण सिक्किमेली गुरुङ समुदायबाट निर्माण गरिएको विशुद्ध सामाजिक प्रेमकथामा आधारित फिल्मको छायांकन सिक्किमका विभिन्न स्थानमा पनि गरिएको छ । नेपाल र सिक्किमबीचको भाषिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई देखाउन खोजिएको फिल्ममा सिक्किमका संस्कृति, धरोहर तथा सडकमन्त्री जिएम गुरुङ पनि विशेष भूमिकामा देखिएका छन् ।
फिल्ममा युनिता गुरुङ, अमिर गुरुङ, टीकाराम घले, गजेन्द्र गुरुङ, सीता गुरुङ, ओमन गुरुङ, रात्र गुरुङ, सरोज गुरुङ, बाइके मेघी, विशेष गुरुङ तथा बालकलाकार साधना गुरुङको अभिनय रहेको छ । (सौस)

प्रतिक्रिया