स्मोकी सिटीको घोषणा

filmकाठमाडौं । दहीचिउरा खाने दिन अर्थात् असार १५ को मौका छोप्दै मंगलबार फिल्म ‘स्मोकी सिटी’को निर्माण घोषणा गरिएको छ । फिल्ममार्फत दिनेशसिंह ठकुरीले निर्देशनमा डेब्यु गर्दै छन् । राजधानीको सोहखुट्टेमा रहेको चर्चित डान्स एकेडेमी सोलमेटमा फिल्मको शुभसाइत गरिएको थियो ।
निर्देशक ठकुरीका अनुसार आधुनिक सहरमा हुने गरेका घटनाहरूलाई समेटेर फिल्मको कथा तयार पारिएको छ । क्रियटर प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा सुशील क्षेत्री, सुरज आरडी, आदित्य श्रेष्ठ, सुरज महर, सुरवीर पण्डित, रविना खड्का, अनिता खत्री, कृपा लामालगायतको अभिनय रहनेछ ।
दीपक सिंहले निर्माण गर्न लागेको फिल्ममा विनोद सापकोटाको छांयाकन, नीरज कुमारको संगीत, सुधीर श्रेष्ठ सरकारको नृत्य, राजेश चौधरी आरसीको द्वन्द्व रहनेछ । दिनेशले यसअघि फिल्म ‘शीतको थोपा’ निर्माण गरेका थिए । असार २० गतेबाट छायांकनका लागि प्लोरमा जाने बताउँदै निर्माता साउदले भूकम्पको प्रभावपछि फिल्म क्षेत्रलाई अझ सक्रिय बनाउन आपू फिल्म क्षेत्रमा आएको खुलाए । फिल्मको छायांकन उपत्यका र मोफसलमा हुनेछ । (सौस)

प्रतिक्रिया