दुर्घटनास्थलबाट विमानको पाटपुर्जा निकाल्दै स्थानीय र सेना । इन्डोनेसियाको मेदान सहरेको बस्तीमा मंगलबार सेनाको विमान खस्दा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सयभन्दा बढी घाइते भएको अनुमान गरिएको छ । सेनाको हर्कुलस सी–१३० विमानमा १२ जना चालक दलका सदस्य थिए । विमान खस्नुको कारण पत्ता लाग्न सकेको छैन । मेदानमा १० वर्षभित्र यसरी बस्तीमै भएको यो दोस्रो विमान दुर्घटना हो । सन् २००५ मा बोइङ ७३७ विमान सोही क्षेत्रमा खस्दा एक सय ४३ जनाको मृत्यु भएको थियो । तस्बिर : एजेन्सी
प्रतिक्रिया