कलाकार र प्राविधिकलाई सहयोग

Sachitकाठमाडौं । टेलिभिजन कलाकर्मी संघले भूकम्पपीडित कलाकार तथा प्राविधिकहरूलाई आइतबार राजधानीमा राहत वितरण गरेको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष तथा वरिष्ठ कलाकार नीर शाहले नगद र जिन्सी राहत वितरण गरेका थिए ।

१६ जना पीडितका लागि कलाकार अनुरागमान सिंह कुँवरले जनही १० हजार रुपैयाँ तथा हङकङस्थित एलजी एसोसिएसन हङकङले उपलब्ध गराएको १६ बन्डल जस्तापाता वितरण गरिएको थियो । राहत पाउनेमा कलाकारतर्पm कुमार श्रेष्ठ ‘फर्सीलाल’, रुपक रम्तेल, मरिचमान श्रेष्ठ ‘बल्छी’, राधा श्रेष्ठ, रेश्मा तिमिल्सिना, सन्देश लामिछाने ‘बट्टारे’, मनोज आचार्य, बाबुराम बोहोरा र अंजु डंगोल छन् । त्यस्तै प्राविधिकतर्प सम्पादकत्रय ठाकुर खतिवडा, रविन भट्ट र रविन्द्र खड्का, छायाकार सचित खड्का र मेकअपतर्प यादव सिपाडोल, राजन थापा, गणेश खड्का छन् ।
कलाकार तथा प्राविधिकलाई सहयोग जुटाउन हास्य कलाकार जितु नेपालले हङकङको सहयोगको संयोजन गरेका थिए । कार्यक्रममा अभिनेता कुँवरले आपूm फिल्ममा खलपात्रको भूमिकामा अभिनय गर्ने भए पनि सामाजिक सेवामा समान व्यवहार गर्ने गरेको बताए । कलाकार घिमिरे र नेपालले आफ्ना पीडित सहकर्मीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । वरिष्ठ अभिनेता शाहले कलाकारले थोरबहुत रकम सहयोगका लागि दिनु नै ठूलो काम भएको जनाए ।
कार्यक्रममा केदार घिमिरेमार्पत भुटनिज कम्युनिटी अफ सिन्सिन्याटी अमेरिकाबाट एक लाख एक हजार रुपैयाँ राजधानीको टुकुचामा रहेको रत्न चुडेश्वर माविलाई हस्तान्तरण गरिएको थियो । संघका अध्यक्ष अभिनेत्री दीपाश्री निरौलाले आगामी दिनमा पनि कलाकारका लागि संघले सहयोग गर्ने योजना बनाएको बताइन् । (सौस)

प्रतिक्रिया