पूर्वी नेपालमा भूकम्पको धक्का

विराटनगर, १३ असार । पूर्वाञ्चलमा आज बिहान छ बजेर ५० मिनेट जाँदा भूकम्पको सामान्य धक्का महसुस भएको छ ।

मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटालगायत पूर्वी क्षेत्रमा कम्पन महसुस गरिए पनि क्षतिका सम्बन्धमा कुनै जानकारी प्राप्त भएको छ्रैन ।

आज बिहान भुटानको दक्षिणी क्षेत्र थिम्फुमा केन्द्रविन्दु भएको ५ दशमलव ६ रिक्टरको भूकम्प गएको थियो ।

प्रतिक्रिया