भदौमा लब सब

Love-subकाठमाडौं । भूकम्पपछि सुस्ताएको फिल्म क्षेत्र भदौदेखि तातिने भएको छ । आशलाग्दा फिल्महरू भदौमा लागिरहँदा अर्को नयाँ फिल्म ‘लब सब’ पनि यसै महिनामा रिलिज हुने भएको छ । फिल्मका निर्माता सुशील पोखरेलका अनुसार फिल्म भदौ २५ गतेबाट अल नेपाल रिलिज हुँदै छ ।

देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्ममा संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ र शिशिर भण्डारीले प्रमुख भूमिकामा अभिनय गरेका छन् । साम्तेन भुटियाको पटकथा र संवाद रहेको फिल्ममा सुजिल कर्माचार्यको संगीत, विपिन मल्लको सम्पादन र कृष्ण श्रेष्ठको छायांकन रहेको छ ।
पाटनमा छायांकन गरिएको फिल्मका अर्का निर्माता नरेन्द्र महर्जन हुन् । भदौ महिनामा यो फिल्मसँगै ‘भैरव’, ‘रेशम फिलिली’, होस्टेल रिटन्र्स’ पनि प्रदर्शन हुँदै छ । (सौस)

प्रतिक्रिया