इन्दिरा गान्धी बन्दै विद्या

Vidyaमुम्बई । बलिउडमा कोही निर्माताले कसैको बायोपिक फिल्म बनाउने तयारी गरे भने उनीहरूले पहिला सम्झने नाम हो, विद्या वालन । यही कुरालाई मध्यनजर गर्दै फिल्म ‘रहस्य’ बनाइसकेका निर्देशक मनिष गुप्ताले पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीका बारेमा बनाउन लागेको ‘इन्दिरा’ फिल्ममा वालनलाई लिड रोलमा खेलाउने भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार मनिषले वालनलाई फिल्ममा खेल्नका लागि कुराकानी गरिसकेका छन् । ‘विद्यालाई फिल्मको पटकथा मनपरेको छ, अब उनले के निर्णय गर्छिन् भन्ने मञ्जुरी पर्खन बाँकी छ । अब गान्धी परिवारसँग मञ्जुरी लिन लागिरहेका छौँ,’ मनिषले भनेका छन् ।
मनिषले आफूले इन्दिरा गान्धीका बारेमा तयार भएका २६ किताब पढेको बताए । ‘मैले उहाँको नजिकका मान्छेसँग पनि जानकारी लिएको छु, फिल्ममा नृत्य हुँदैन, त्यसकारण पनि यसलाई गम्भीर बनाएर लैजान सोचिरहेको छु,’ उनले भने ।
समाचारअनुसार फिल्मका लागि राजीव गान्धी र सञ्जय गान्धीको भूमिका पनि निर्माण गरिएको छ । तर, यो भूमिकामा कसले अभिनय गर्छ भन्ने विषयमा निर्णय भइसकेको छैन । यो फिल्म व्यावसायिक किसिमको भने नहुने निर्देशकले जनाए । (एजेन्सी)

प्रतिक्रिया