ललितपुरमा आज पनि परकम्प

काठमाडौं, ११ असार । आज अपराह्न २ बजेर ४५ मिनेट जाँदा ललितपुर गोदावरी केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प महसुस गरिएको छ ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि अहिलेसम्म चार रिक्टर स्केलमाथिका ३०० भन्दा बढी परकम्प गइसकेको छ ।

प्रतिक्रिया