३० गाविस साक्षर घोषित

Saksharपाँचथर, ११ असार । पाँचथर जिल्लाका एक नगरपालिकासहित ३० गाविसलाई साक्षर घोषणा गरिएको  छ । अहिलेसम्ममा  जिल्लामा भएका १५ देखि ५९ उमेर समूहका १४ हजार ८ सय २३ निरक्षरलाई साक्षर बनाउने अभियानअन्तर्गत जिल्लाका ३० गाविस साक्षर गाविस घोषणा भएको जिला शिक्षा अधिकारी ज्ञानमणि नेपालले वताए ।

जिल्ला शिक्षा कार्यालय पाँचथरका अनुसार यही हप्ता जिल्लाका सबै गाविस एक नगर पालिकासहित ३८ गाविसलाई साक्षर गाविस घोषणा गरिने र असार २९ गते जिल्लालाई नै पूर्ण साक्षर जिल्ला घोषणाको तयारी गरिएको जिशिअ नेपालले बताएका छन् ।

प्रतिक्रिया