ओर्गन । अमेरिकामा रहेको नेपालीहरूले अमेरिकाको ओर्गन राज्यमा पिस वाक ओलम्पिक डे मनाएका छन् । आइओएफटिसी ओलम्पिक डे पिस वाक कार्यक्रमको उद्घाटन एनआरएन एनसीसी युएसका अध्यक्ष डा. पौडेलले गरेका थिए ।
इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) ले त्यस क्षेत्रमा रहेका नेपाली र स्थानीयलाई ओलम्पिक डेको मर्म र भावनालाई जागरण गर्ने उद्देश्यले ओलम्पिक डे वाक गरेको एनआरएन युएसए ओर्गन च्याप्टरका अध्यक्ष दिवाकर महर्जनले बताए ।
आइओएफटिसीकी महासचिव करेन ब्ल्याकलेड्गे एनआएरन एनसिसी युएएस र नेपाली राजदूतावासलाई ओर्गनमा ओलम्पिक पिस वाकमा सहभागी हुन उपस्थित भएर उत्साह बढाएको भन्दै कृतज्ञता व्यक्त गरिन् ।
उनले नेपाली खेलाडीलाई साथ दिएर राष्ट्रिय गौरव बढाउनका लागि साथ दिनसमेत सबैलाई आग्रह गरिन् । अमेरिका लागि नेपाली उपराजदूत ऋषिराम घिमिरे, दूतावासका दीपक शमाले ओर्गनका नेपालीहरूका लागि एमआरपी पासपोर्ट कार्यक्रमको नेपाली दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
एनआएएन युएसए ओर्गन च्याप्टरका अध्यक्ष दिवाकर महर्जनले यस क्षेत्रमा रहेका नेपालीबिच आत्मीय सम्बन्ध स्थापना गरी दुःखसुखमा साथ दिने बताए । उनले भने, ‘हाम्रो मन्त्र नै छ । एकपटकको नेपाली सधैँको नेपाली ।’
एनआरएन युएसक ओर्गन च्याप्टरका महासचिव सुनिल राजकर्णिकारले नेपालीहरूलाई एमआरपी कार्यक्रमबाट सहज भएको बताए । उनले दूतावासलाई धन्यवाद दिए । नेपाल आदिवासी जनजाति संघ क्यालिफोर्नियाका अध्यक्ष डेन्डी शेर्पाले समेत खुसी व्यक्त गरे । सो अवसरमा एमआरपीका विषयमा अन्तरक्रियासमेत गरिएको थियो ।
यसअघि एनआरएन एसिसी युएसका अध्यक्ष डा. केशव पौडेलले एनआएन ओर्गन च्याप्टरको कार्यालयको उद्घाटन गरेका थिए । सो कार्यक्रममा बोल्दै पौडेलले ओर्गन च्याप्टरको पहिलो कार्यालय स्थापना गरेकामा खुसी व्यक्त गरे । ओर्गनमा रहेको नेपालीहरूलाई यसले उत्साह दिएको थियो । एनआरएन ओर्गन च्याप्टरको कार्यकारी समितिको केही समयअघि मात्र चयन भएको थियो ।
समितिको अध्यक्षमा तेक्वान्दो मुख्य प्रशिक्षक दिवाकर महर्जन छन् । उपाध्यक्षमा दयारत्न शाक्य, महासचिवमा सुनिल राजकर्णिकार, कोषाध्यक्षमा जितेन्द्र बज्राचार्य रहेका छन् । (एजेन्सी)
प्रतिक्रिया