ब्युनोस आयर्स, ८ असार । अर्जेन्टिनाका एकजना वरिष्ठ फुटबल खेलाडी डियागो अर्मान्डो म्याराडोनाले पनि फिफा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
सोमबार सञ्चारमाध्यमले उनको उम्मेदवारीको बारेमा समाचार सार्वजनिक गरेका छन् ।
केही समय यतादेखि विश्वमै विवादास्पद बनेको सो पदका लागि म्याराडोनाको उम्मेदवारीको समाचार अर्जेन्टिनाको एक दैनिक पत्रिकाले सोमबार सार्वजनिक गरेको हो ।
‘म एकजना उम्मेदवार हुँ’, फुटबलका पूर्व खेलाडी एवम् प्रशिक्षक समेत रहेका तथा फुटवल संसारका प्रखर व्यक्ति म्याराडोनाले भने ।
म्याराडोना यसअघिको फिफाको नेतृत्वका सबैभन्दा बढी आलोचक रहेका थिए ।
स्वीट्जरल्यान्डका नागरिक निवर्तमान अध्यक्ष सेप ब्लाटरको आलोचनामा म्याराडोना खरो उत्रिएका थिए ।
फिफा संगठनमा भएको भनिएको कयौँ अनियमितता र भ्रष्टाचारमा संगठन मुछिएपछि ब्लाटरले गएको मे महिनामा राजीनामा दिएका हुन् । त्यस विषयमा अनुसन्धान जारी रहेको छ ।
भेनेजुयलाका राष्ट्रपति निकोलास मुद्रोले म्याराडोनालाई उक्त पदमा उम्मेदवारीका लागि प्रस्ताव गरेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया