सत्चालीस भुटानी शरणार्थी उत्तीर्ण

दमक, ५ असार । पूर्वमा शरणागत भुटानी शरणार्थी शिविरबाट गत वर्षको प्रवेशिका परीक्षामा ४७  विद्यार्थी उत्तीर्ण भएका छन् ।

सहभागी दुई सय एक भुटानी शरणार्थीमध्ये चार जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । शरणार्थी शैक्षिक सहायता संस्था कारितासका शैक्षिक कार्यक्रम संयोजक लोकनाथ पोखरेलका अनुसार उत्तीर्णमध्ये ३५ जना द्वितीय र आठ जना तृतीय श्रेणीमा छन् ।

शरणार्थी शिविरको यो उत्तीर्ण प्रतिशत २३ दशमलव ३८ छ । नेपालमा शरणागत भुटानी विद्यार्थी सन् १९९२ देखि  एसएलसी बोर्ड  नेपालमा सामेल हुँदै आएका छन् ।

प्रतिक्रिया