चितवन । देशमा भूकम्पको त्रास अझै हट्न सकेको छैन् ।
यो त्रासलाई हटाउन एकपछि अर्को गर्दै भूकम्पका गीत रचना गर्ने गीत गाउने गायक गायिकहरुमा लहर नै चलेको छ ।
स्थानीयदेखि राष्ट्रियस्तरसम्म नाम चलेका गायक गायिकाले भूकम्पका गीत, रचना, गाउने र आफै गाउँ गाउँमा नै पुगेर गीत संगीत मार्फत त्रास हटाउने काम जारी छ ।
भूकम्प बढी प्रभावित जिल्ला गोर्खा, धादिङ्गसहित गृह जिल्ला चितवन तथा गोरखाको वारपाकबाट आएका पीडितहरुलाई राहतसँगै आफ्नो गीतमार्फत पीडालाई केही हदसम्म पीडाबोधलाई कम गराएका लोकप्रिय गायक भुवन प्यासीले पनि भूकम्पसम्बन्धी नयाँ गीतमा बजारमा ल्याएका छन् ।
शुक्रबार उनकै निवासमा पुग्दा उनले हामीलाई उनले यसरी सुनाए उनको गीत ।
“कस्तो विपद् पर्यो लौन , समाल्नै नसक्ने, कस्तो आपत पर्यो लौन , भुल्नै नसक्ने”
आफ्नै सगीत र स्वरमा उनले प्रस्तुत गरेको गीतको शब्द युवराज अर्यालको रहेको छ । भने गायिका पारु शाहीले साथ दिएकी छिन् ।
देश नै अझै त्रासमा छ, हामीसगंको भेटमा गायक प्यासीले भने, “राहत बाड्न जादा मैले धेरै पिडो देखे, मन समाल्न सकिन् । अखिर गीत संगीत भनेको गीत संगीत नै हो । धेरै गीत गाए, किन यो पिडामा मलम लगाउने गीत म पनि किन नगाउने भनेर । गीत गाए ।”
नेपाली गायन यात्रा झण्डै २ दर्जन बढी गीत गाएका प्यासी “हल्का, हल्का, रातो रातो तिम्रो ओठको लाली, नरम, नरम तिम्रो गाला चुम्न देऊन, हे काली” बोलको गीतले चर्चाको शिखरमा पुगेका थिए ।
२०६४ सालबाट गायन यात्रामा प्रवेश गरेका गायक प्यासी यतिवेला चलचित्रमा गीतसमेत गाउन व्यस्त छन् । उनले भेटी र प्रर्दशनको क्रममा रहेको यो पगल मन चलचित्रमा समेत गीत गायक छन् ।
प्रतिक्रिया