पुनमको कामुक योगा भिडियो

Poonamमुम्बई । बलिउडमा विवादको पर्याय हुन् हट र कामुक मोडल पुनम पाण्डे । यी मोडल आपूmलाई चर्चामा ल्याउन अनेक किसिमका काण्ड मच्चाइरहन्छिन् । आपूmलाई पब्लिसिटीमा ल्याउन के गर्नुपर्छ भन्ने विचार फुराइरहन्छिन् । यसैक्रममा उनले २१ जुनमा परेको विश्व योग दिवसलाई लक्षित गर्दै एक कामुक किसिमको योगा भिडियो उनले सार्वजनिक गरेकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनले सार्वजनिक गरेको हट र सेक्सी भिडियो अहिले इन्टरनेटमा भाइरल बनेको छ । भिडियोमा उनी आफ्नो हट र कामुक शरीरलाई योगाका विविध शैलीमा ढालिरहेकी छन् । भिडियोमा उनलाई ब्रेस्ट र हिप आसन गरिरहेको पनि देख्न सकिन्छ ।
उनले भिडियोमा आफ्ना प्रशंसकलाई आपू जस्तो योगा गरेर फिट हुन सल्लाह दिएकी छन् । उनले बिहीबार राती करिब ११ बजे ट्वीटरमा आफ्ना प्रशंसकलाई आपूmले हट एन्ड सेक्सी योग भिडियो सुट गराउन लागेको जानकारी दिएकी थिइन् । उनले ट्वीटरमा आफ्ना लागि कुन आसनको योग उपर्युक्त हुन्छ भनेर प्रशंसकलाई सोधेकी थिइन् । उनले ट्वीटरमा ‘योगा करो तो पुनम पाण्डे जैसा’ भनेर भिडियो गर्ने जनाएकी छन् ।
पुनमले यसअघि ट्वीटरमा आफ्नो नग्न तस्बिर अपलोड गर्दै आपूले चाँडै नै न्युड भएर योग गर्दै गरेको भिडियो राख्ने ट्वीटेकी थिइन् । पुनम सन् २०११ मा भारतले विश्वकप क्रिकेट जितेमा खेलाडीकै अगाडि नांगिने भनेपछि सर्वाधिक चर्चामा आएकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया