पहिलो वर्षमै शतप्रतिशत विशिष्ट श्रेणी

sharada-mavi-anilकाठमाडौं । कपनस्थित शारदा माविका विद्यार्थी एसएलसीमा शतप्रतिशत विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् । शिक्षकको समूह मिलेर सञ्चालित विद्यालयले पहिलो वर्षमै शतप्रतिशत विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण गराएको हो । कपनका विभिन्न विद्यालयका आठ शिक्षकको व्यवस्थापनमा सुरु भएको विद्यालयले एसएलसीको पहिलो ब्याजमा ६ विद्यार्र्थी उत्तीर्ण गराउन सफल भएको हो ।
परीक्षामा सहभागी तीन छात्र र तीन छात्रा विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् । सरोज खड्काले ८७ प्रतिशत, गौरव यादवले ८५ र रोहीत लामाले ८४ प्रतिशत ल्याएका छन् । यस्तै, सुष्मा खड्काले ८३, अनिमा केसीले ८२ प्रतिशत अंक ल्याएका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश काजी थापाले बताए । (सौस)

प्रतिक्रिया