विषाक्त मादक पदार्थ सेवनबाट पच्चीसको मृत्यु

Raksiमुम्बाई, ४ असार । मु्म्बईमा विषाक्त मादकपदार्थ सेवनबाट २५ व्यक्तिको मृत्यु भएको समाचार छ । उक्त विषाक्त मादक पदार्थ सेवनबाट अन्य १० जना बिरामी परेका र तिनको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

मुम्बईका प्रहरी उपप्रमुख धनञ्जय कुलकर्णीकाअनुसार बुधबार बिहान सो मादक पदार्थ सेबनबाट २५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० जना गम्भीर रुपमा बिरामी परेका थिए ।

बिरामी परेका ती दश व्यक्तिको अवस्था चिन्ताजनक रहेको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने समेत अनुमान गरिएको प्रहरी प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन् ।

मुम्बई प्रहरीको अपराध महाशाखाले यस घटनाको अनुसन्धान सुरु गरेको र विषाक्त रक्सी बेचबिखनमा संलग्न रहेका संदिग्ध तीन जनालाई हिरासतमा लिइएको कुलकर्णीले बताए ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फद्नावीसले यस घटनाको तत्काल अनुसन्धान सुरु गर्न आदेश दिएका छन् ।

गत जनवरीमा उत्तरी भारतीय राज्य उत्तर प्रदेशको लखनउनजिकै घरैमा बनेको रक्सी सेवनबाट ३१ भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

सन् २०१३ को अक्टोबरमा उत्तर प्रंदेशमा विषाक्त मादक पदार्थ सेवनबाट तीन दर्जन भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । सो घटनापछि प्रहरीले १२ व्यक्तिलाई पक्राउ गरेको थियो ।

सन् २०११ मा पनि पश्चिम बङ्गालमा विषाक्त मादक पदार्थ सेवनबाट करिब १७० व्यक्तिको मृत्यु भएको थियो ।

भारी वर्षाका कारण मुम्बई अस्तव्यस्त

यसैबीच गएरातिदेखि जारी रहेको भारी वर्षाका कारण भारतीय सहर मुम्बई अस्तव्यस्त भएको छ । प्राप्त समाचारमा गएरातिदेखि मुम्बई सहरमा वर्षा जारी रहेको बताइएको छ ।

मुम्बई सहरको गहिरो भाग पानीका कारण पूरै डुबेको छ भने शुक्रबार बिहानैदेखि बस, रेल तथा अन्य यातायातका साधनहरु पनि चलेका छैनन् ।

मुम्बईका अधिकारीहरुले शुक्रबार सो क्षेत्रमा थप वर्षा हुनसक्ने भन्दै सतर्क बनाइएको छ । उनीहरुले सर्वसाधारणलाई सुरक्षितस्थलमा बस्न सूचना पनि जारी गरेका छन् ।

मौसमविदहरुले शुक्रबार पनि वर्षा नरोकिने बताएका छन् । उनीहरुले थप सतर्कताका लागि अधिकारीहरुलाई आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया