साहिदको विवाहमा करिना

Kareenaमुम्बई । बलिउडका हेन्डसम अभिनेताका रूपमा परिचित साहिद कपुर आफ्नी प्रेमिका मीरा राजपुतसँग चाँडै विवाह बन्धनमा बाँधिँदै छन् । उनीहरूको यो विवाहको प्रत्यक्ष साक्षी बन्ने तयारीमा छिन् साहिदका पूर्वप्रेमिका करिना कपुर ।
भारतीय सञ्चारमाध्यमका अनुसार करिनाले आपूm साहिदको विवाहमा जाने सम्भावना व्यक्त गरेकी छन् । सन् २००७ मा छुट्टिनुअघि तीन वर्षसम्म साहिद र करिनाले डेटिङ गरेका थिए । साहिदसँग छुट्टिएर विवाहित अभिनेता सैफ अली खानसँग रोमान्स गरेकी उनले केही वर्षअघि सैफसँगै लगनगाँठो कसेकी थिइन् ।
‘मलाई उसको विवाहको बारेमा जानकारी थियो, साहिदले मलाई पनि आपूmले विवाह गर्न लागेको खबर दिएका थिए, विवाह एक सुन्दर प्रतिबद्धता हो र म उसको विवाहमा सरिक भएर शुभकामना दिन चाहन्छु,’ उनले भनेकी छन् । साहिद १० जुलाईमा विवाह गर्दै
छन् । (एजेन्सी)

प्रतिक्रिया