रेकर्ड राख्दै जुरासिक पार्क

Jurasicलसएन्जल्स । हलिउड फिल्म ‘जुरासिक पार्क’ बक्स अफिसमा उत्कृष्ट व्यापार गर्दै पहिलो सप्ताहन्तमा धेरै व्यापार गर्ने फिल्मको कीर्तिमान कायम गरेको छ । गत शुक्रबारबाट रिलिज भएको फिल्मले सप्ताहन्तमा पाँच सय मिलियन अमेरिकी डलर व्यापार गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्वका ६६ वटा देशमा फिल्म सफलतापूर्वक प्रदर्शन भइरहेको छ । एक्जिबिटर रिलेसन्सले दिएको कलेक्सन तथ्यांकमा फिल्मले अमेरिकामा दुई सय चार दशमलव ६ मिलियन डलर कमाएको छ । यसबाहेक फिल्मले चीनमा एक सय मिलियन, युके र आयरल्यान्डमा २९ दशमलव ६ मिलियन डलर कमाएको छ । युनिभर्सल पिक्चर्सले रिलिज गरेको यो फिल्म अमेरिकामा पहिलो सप्ताहन्तमा सर्वाधिक कमाउने दोस्रो फिल्म हो । यसअघि सन् २०१२ मा मार्बलको ‘द एभेन्जर्स’ले दुई सय सात दशमलव चार मिलियन डलर आम्दानी गरेको थियो ।
यसअघि फिल्मका दुई सेरिजलाई निर्देशन गरेका स्टेभन स्पिलबर्गले यो फिल्मको निर्माण गरेका हुन् भने यसको निर्देशन कोलिन ट्रेभेरोले गरेका छन् । फिल्ममा क्रिस प्राट र ब्रेस डल्लास होवार्डले प्रमुख भूमिकामा अभिनय गरेका छन् । एक्जिबिटर रिलेसन्ससँग आबद्ध बक्स अफिस विश्लेषक जेफ बोकले फिल्ममा प्रयोग गरिएको डाइनोसर्सलाई दर्शकले सुपरहिरोका रूपमा चित्रण गरेकाले पनि व्यापारमा सफलता पाएको बताए । ‘डाइनोसर्सलाई आइरनमेन, सुपरम्यान र ब्याटमेनभन्दा ठूलो पात्रको रूपमा दर्शकले लिएका छन् ।
सन् १९९३ मा बनेको यो फिल्मको पहिलो संस्करणले विश्वव्यापी रूपमा एक बिलियन डलरभन्दा बढी आम्दानी गरेको थियो । यसको चार वर्षपछि ‘द लस्ट वल्र्ड ः जुरासिक पार्क’ र सन् २००१ म ‘जुरासिक पार्क ३’ बनेको थियो । तेस्रो संस्करणको फिल्मले पहिलो र दोस्रो जस्तो सफलता पाउन सकेको भने थिएन् । (एजेन्सी)

प्रतिक्रिया