दक्षिण कोरियामा मर्सको सङ्क्रमण बढ्यो, सोह्रको मृत्यु

Precautions at the Samsung Medical Center in Seoul have been stepped upसोल, ३२ जेठ । दक्षिण कोरियामा तीन हप्तामात्र अघिबाट सुरु भएको भनिएको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) नामको एक भाइरसको सङ्क्रमणबाट कयौँको ज्यान गएको छ ।

यसको नियन्त्रणमा लागिरहेको सरकारले जनाएको छ । तर पनि प्रतिदिन यसको सङ्क्रमण बढ्दो मात्रामा देखिएको कोरियाली अधिकारवादीहरुले जनाएका छन् ।

सोमबार सम्ममा यस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । सोमबारसम्ममा १६ जनाको मर्सको सङ्क्रमणबाट निधन भएको समाचारमा जनाइएको छ ।

करिब तीन हप्ताअघिमात्र चारजनामा यसको सङ्क्रमण देखिएको थियो । तर आजसम्म आइपुग्दा यसबाट सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि १५० पुगेको छ । कोरियाली अधिकारीहरुले सोमबार दिएको पछिल्लो विवरणअनुसार यसका सङ्क्रमित १५० पुगेका छन् ।

कोरियामा केही हप्तामात्र यता देखिएको सो सङ्क्रमणका कारण त्यहाँको जनजिवनलाई निकै नै प्रभावित तुल्याइसकेको बताइएको छ ।

कोरियाली स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यसको सङ्क्रमणबाट सोमबार मात्र दुई जनाको ज्यान गएको छ । त्यसैगरी सोमबार मात्र यसका थप पाँचजना बिरामी भेटिएका छन् ।

यो सङ्क्रमणले दक्षिण कोरियामा एक किसीमले आतङ्क नै सिर्जना गरेको बताइएको छ । यस सङ्क्रमणको त्रास फैलिएपछि त्यहाँको जनजिवनमा निकै ठूलो प्रभाव परेको बताइएको छ ।

दक्षिण कोरियामा यसको प्रभावका कारण तीनहप्तायतादेखि नै सयौँ विद्यालय बन्द भएका छन् । त्यस्तै अन्य औद्योगित तथा सेवा क्षेत्रमा पनि त्रास फैलिएपछि केही मात्रामा बन्द गरिएको छ ।

यसबाट बच्नका लागि सयौँजना स्वास्थ्यकर्मीलाई देश भित्रिने नाकाहरूमा स्वास्थ्य जाँचका लागि राखिएको छ । विभिन्न एयरलाइन्सलाई पनि सतर्कता अपनाउन कडा निर्देशन जारी गरिएको समाचारमा जनाइएको छ ।

यस सङ्क्रमणलाई थप फैलिन नदिनका लागि सरकारले कैयौँ सतर्कता अपनाएको बताएको छ । तर पनि दिनहुँ नयाँ बिरामी भने भेटिएकोले सरकरी पहल प्रभावकारी हुन नसकेको आरोप पनि छ ।

सन् २०१२ मा यो सङ्क्रमण साउदी अरेबियामा देखिएको थियो । यसका कारण संसारमा अहिलेसम्ममा कम्तीमा पनि एक हजार जना सङ्क्रमित भएका र त्यसमा परी अरु करिब ४०० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया