टेक्सासमा नेपाली महिलाको हत्या

samiraटेक्सास । अमेरिकाको टेक्सासमा गोली हानी एक नेपाली महिलाको हत्या भएको छ ।
टेक्सास राज्यको डेन्टनमा घर भएकी समीरा शिवाकोटीको एक युवकले गोली हानी हत्या गरेका हुन् ।
घरनजिकै कोलोनीमा व्यापार गर्ने शिवाकोटीको बुधबार आफ्नै पसलमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको थियो । स्थानीय समयअनुसार बिहान करिब ११ बजे शिवाकोटीको गोली हानी हत्या भएको हो ।
४ वर्षदेखि समीरा र उनका श्रीमान् नवराज शिवाकोटीले सञ्चालन गरेको स्टोरमा बसिरहेको बेला उनको हत्या भएको हो । ३० वर्षीया उनका एउटी तीन र अर्की नौ महिनाकी छोरी छन् ।
टेक्सास प्रहरीका अनुसार उनको अनुहारमा गोली लागेको छ । हत्याराले टाउकोमा सेतो फेटा बाँधेको र कालो कपडा लगाएको पसलको सिसिटिभी क्यामेरामा देखिएको छ । प्रहरीले हत्याराको खोजी गरिरहेको छ । (एजेन्सी)

प्रतिक्रिया