टोलीको मनोबल बढाउन समाचारवाचिका नांगिए

img-fotbal-ronaldoभेनेजुयलामा पछिल्लो समय नांगै समाचार पढ्नेको बजार बढ्दो छ । केही समयअघि कार्यक्रम प्रस्तोता युभी पाल्लारेसले क्रिस्ट्रियानो रोनाल्डोको प्रेम जीवन समेटिएको कथा प्रस्तुत गर्ने क्रममा आफ्नो नग्न शरीरलाई टेलिभिजनमार्फत दर्शकलाई दर्शन गराएकी थिइन् । उनको उक्त हर्कत सामाजिक सञ्जालमा भाइरल बनेको केही समयभित्रै फेरि भेनेजुयलाका महिला सञ्चारकर्मीहरू नांगिएका छन् । उनीहरूले कोपा अमेरिकामा चुनौती पेस गरिरहेको आफ्नो राष्ट्रिय टोलीको समर्थनमा नांगो शरीर प्रदर्शन गरेर बनाएको नयाँ प्रोमो अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । मैदानभित्र नांगै बसेर उनीहरूले भेनेजुयलाको टोलीको तारिफ गरेका छन् । दुई मिनेट १० सेकेन्डको प्रोमोको बीच बीचमा भेनेजुयलाले खेलेका अन्तर्राष्ट्रिय खेलका भिडियो हाइलाइट्ससमेत समेटिएको छ । यस भिडियोलाई युट्युबमा अहिलेसम्म झन्डै १५ लाखले हेरिसकेका छन् । समूह ‘सी’मा रहेको भेनेजुयलाले तीन दिनपछि कोलम्बियाको सामना गर्दै कोपा अमेरिकाको सुरुवात गर्नेछ ।

प्रतिक्रिया