घर्तीको परिवारलाई एक लाख ५५ हजार सहयहोग

कतार । रोजगारीको सिलसिलामा कतारमा रहेका बेला सवारी दुर्घटनामा निधन भएका म्याग्दीको भकिम्ली–७ का चन्द्रबहादुर घर्तीका आफन्तलाई आर्थिक सहयोग गरिको छ ।

कतारमा रहेका म्याग्दीवासीको संस्था म्याग्दी सेवा समाज दोहा कतारले घर्तीको घरपरिवारलाई राहतस्वरुप एक लाख ५५ हजार सहयोग गरेको हो ।

शुक्रबार बेनीमा स्वर्गीय घर्तीको धर्मपत्नी तुलसी र आमा हरीमाया घर्तीलाई प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी र म्याग्दी सेवा समाज दोहा कतारका सञ्चार संयोजक हरिकृष्ण गौतममार्फत उक्त सहयोग हस्तान्तरण गरेको जनाइएको छ ।

कतारमा रहेका नेपालीहरुबाट सङ्कलन गरी उक्त सहयोग उपलब्ध गराइएको संयोजक गौतमले जानकारी दिए । गत फागुन १९ गते कतारमा सवारी दुर्घटनामा परी घर्तीको मृत्युभएको थियो ।

प्रतिक्रिया