बयानब्बे वर्षीया हजुरआमालाई कसले जित्ने ?

harriette_thompson_medal_webसान डियागो । अमेरिकाकी एक जना ९२ वर्षीया हजुरआमाले सबैभन्दा कम समयमा म्याराथन दौड पूरा गरेकी छन् ।

उनले सबैभन्दा कम समयमा सो दौड पूरा गरेर जेठी म्याराथन महिलाको रेकर्ड पनि कायम गरेको जनाइएको छ ।

क्यालिफोर्नियामा आयोजना गरिएको २६ माइल सो दौड उनले सात घन्टा, २४ मिनेट र ३६ सेकेन्डमा पार गरेकी हुन् ।

आइतबार आयोजना गरिएको सो दौड उक्त समयमा पूरा गर्ने उनी सबैभन्दा जेठो उमेरमा यस्तो दौड पूरा गर्ने महिलामा पर्न सफल भएको बताइएको छ ।

दक्षिणी क्यालिफोर्नियामा आयोजित सो दौड पूरा गर्ने हजुरआमा ह्यारित थम्सन हुन् । उनी ९२ वर्ष र ६५ दिन उमेरका छन् ।

दौड जितेपछि आफ्नो गृहनगरको पत्रिका चार्लाेट अब्जरभरसँग भनिन्, ‘मलाई दौडका क्रममा थोरैमात्र गाह्रो भयो ।’

कैयौँ दर्शक तथा समर्थकको हौसला पाएकी उनले आफूले उक्त दौड पूरा गर्न सकेकामा निकै खुसी पनि व्यक्त गरेको जनाएकी छन् ।

‘दौडिने क्रममा म एक ठाउँमा निकै थाकेकी थिएँ, सम्भवतः २१ माइलमा म उकालो चढिरहेकी थिएँ र त्यो मलाई पहाड चढे जस्तै लागेको थियो’, उनले भनेकी छन् ।

‘मलाई लागेको थियो कि यो मेरो उमेरको पागलपन जस्तै थियो, तर त्यसपछि त्यो उकालोबाट तल झर्न थालेपछि मैले केही सहज अनुभव गरेँ’, उनको अनुभव थियो ।

प्रतिक्रिया