धनकुटाका कटवालको जापानमा मृत्यु

Kobe-City-of-Japan-at-Nightटोकियो । अध्ययनका लागि जापान आएका एक नेपाली युवकको रहस्यमय तरिकाले मृत्यु भएको छ ।

आइतबार राति मृत्यु हुनेमा धनकुटाका भीमबहादुर कटवाल रहेका छन् । न्यू भिजन इन्टरनेशनल कन्सलटेन्सीमार्फत गत १४ अप्रिलमा जापान आएका कटवाल निसी टोकियो इन्टरनेशनल भाषा विद्यालयमा जापानी भाषा अध्ययनरत थिए ।

आइतबार दिउँसोसम्म उनलाई केही भएको थिएन । सँगै बस्दै आएका रविन तामाङका अनुसार आइतबार बेलुका खाना खाइरहेको समयमा एक्कासि बोली बन्द भएपछि उनलाई तत्कालै नेशनल डिफेन्स अस्पताल लगिएको थियो ।

अस्पतालले उनलाई तत्काल मृत घोषणा गरेपनि किन र के कारणले मृत्यु भएको भन्नेबारे केही बताएको छैन ।

निसी विद्यालयले पनि कटवालको मृत्यु भएको पुष्टि गरेपनि मृत्युको कारणबारे केही बताएको छैन ।

प्रतिक्रिया