नेविसंघद्वारा विद्यालय भवन बनाउन सहयोग

3

काठमाडौं, १७ जेठ । कांग्रेस निकट विद्यार्थी नेविसंघले भूकम्पबाट क्षति भएका विद्यालयहरूको पुनःनिर्माणमा सहयोग गर्दै आएको जनाएको छ ।

उसले काठमाडौं, गोरखा, ओखलढुङगाका भत्किएका विभिन्न विद्यालयहरूको टहरा बनाउन सहयोग गरेको जनाएको हो ।

नेविसंघका प्रवक्ता यूपी लामिछानेका अनुसार काठमाडौंसहित भूकम्पबाट प्रभावित जिल्लाहरूमा क्षति भएका विद्यालयहरूको भवन तथा टहरा बनाउन आफ्ना कार्यकताहरू लागेको दाबी गरे ।

‘नेविसंघले पुनःनिर्माणमा सक्दो सहयोग गरेको छ’, उनले भने, ‘काठमाडौं र ओखलढुङ्गाका केही विद्यालयका टहरा बनाएर सहयोग गरेका छौं ।’

नेविसंघले भूकम्पबाट क्षति भएका विद्यालयहरू पुनःनिर्माणका लागि विभिन्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिइ खाइसकेको पनि छ ।

1 2 4 5 6 7 8 9 10 Ranjeet Karna Student

प्रतिक्रिया