भूकम्पपीडितका नाममा नेपाली चलचित्रहरूको व्यापार

Sujata-Koiralaकाठमाडौं, १६ जेठ । भूकम्पपीडितको बहानमा करिब आधा दर्जन चलचित्र प्रदर्शन र च्यारिटीमा उत्रने भएका छन् ।

गत १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिको लगातारको पराकम्पले पुर्‍याएको क्षतिबाट पीडित बनेका नेपालीप्रति सहयोगी हात बढाउन चलचित्र गरेको उनीहरूको दाबी छ ।

व्यावसायिक नाफा आर्जनका लागि भन्दा पनि परोपकारी काममा केही चलचित्रकर्मीले च्यारेटी गर्न लागेका छन् । केही चलचित्रकर्मीले पुरानो चलचित्र प्रदर्शन गरेर मौकामा चौका हान्ने प्रयासमा छन् ।

भूकम्पपीडितका नाममा प्रदर्शन हुन लागेका कतिपय फिल्महरू लगानीको २० प्रतिशत रकम पनि उठाउन नसक्ने छन् । त्यस्ता फिल्महरू भूकम्पपीडितका नाममा प्रदशर्न गरी साहनुभूति आर्जन गर्न चाहन्छन् । कुनै फिल्म जो सुपरडुपर फ्लप छन् ती फिल्महरू त झन् विदेशमा च्यारिटीका लागि जाँदैछन् ।

त्यस्ता सुपरडुपर फ्लप फिल्मका निर्माता र कलाकाहरूले भूकम्पपीडितका नाममा भिषा पाउने दाउ छोपे । विदेशमै लुक्ने उनीहरूको योजना रहेको सोतको भनाइ छ ।

यस्तै मौकामा चौका हान्ने प्रयास गरेको छ चलचित्र ‘६ एकान ६’ले । यो केही पहिले प्रदर्शनमा आएको र ब्यावसायिक सफल चलचित्र हो । लामो समय प्रदर्शनमा आएको यो चलचित्र शुक्रबारबाट भूकम्पपीडितको नाममा प्रदर्शनमा ल्याइएको छ ।

हाँस्यकलाकार दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले मिलेर बनाएको यो चलचित्र भूकम्पपीडितको सहयोगार्थ र चलचित्र हलमा दर्शक बोलाउन प्रदर्शनमा ल्याइएको निर्माता दीपाश्री निरौलाले बताइन् ।

‘हामी यसलाई च्यारिटी पनि गर्न सक्थ्यौँ तर अहिलेको अन्यौलता र मानसिक तनावले आमजनता ग्रस्त छन्, त्यसकारण यो माहौलमा उनीहरूको अनुहारमा खुसी ल्याउन, चलचित्र हेर्ने वातावरण तयार पार्न चलचित्र पुन: प्रदर्शनमा ल्याएका हौँ’, दीपाले भनिन् ।

यो निर्माण यूनिटको नयाँ चलचित्र ‘वडा नं ६’ प्रदर्शनको तयारीमा छ । नयाँ चलचित्रको च्यारेटी नगरेर पुरानो चलचित्र चलाउनुलाई कतिपय चलचित्रकर्मीले मौकामा चौका हाने प्रयास गरेको संज्ञा दिएका छन् ।

कमेडी विषयको यो चलचित्रमा अभिनेत्री नीता ढुंगाना, दीपकराज गिरी, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बूढा’, शिवहरि पौड्याल ‘असिना प्रसाद’, सीताराम कट्टेल ‘धुमुर्स’, सन्दीप क्षेत्री र राजबल्लभ कोइरालालगायतले अभिनय गरेका छन् ।

दिनेश डिसीद्वारा निर्देशित चलचित्रमा ‘६ एकान ६’मा शम्भुजित बास्कोटा र राजन इशानको संगीत, एनबी महर्जनको द्वन्द्व छ ।

चलचित्र ‘मञ्जरी’ले पनि भूकम्पपीडितकै लागि भनेर अष्ट्रेलियामा च्यारिटी शो गर्ने जनाएको छ । मे ३१ तारिखमा अस्ट्रेलियाको पर्थमा चलचित्र च्यारिटी गरिने निर्देशक गणेशदेव पाण्डेले बताए ।

प्रेमकथाको यो चलचित्र पर्थस्थित स्टेट लाइब्रेरी अफ वेस्टर्न अस्ट्रेलियामा रिलिज गरिनेछ । चलचित्रमा गौरव पहारी र सुजाता कोइराला प्रमुख भूमिकामा छन् । आफ्नो लागनी पनि उठ्न नसक्ने भएपछि ‘मञ्जरी’ चलचित्रका कलाकार र निर्माताहरूले भूकम्पपीडितहरूको नाममा अष्ट्रेलियाको भिषा पाउने दाउ छोपिरहेका छन् ।

यस्तै ‘देउता’को दिल्लीमा गरिन लागेको विषेश शो पनि यही प्रायोजनका लागि हुने बताइएको छ । चलचित्रको जेठ ३१ गते आइतबार दिल्लीकै गुणगाउँस्थित पायल सिनेमा हलमा विषेश शो हुनेछ । सहयोगार्थ चलचित्र देउताको विशेष प्रदर्शन गर्न लागिएको प्रस्तुतकर्ता पदम गाहाले बताए ।

भूकम्पपीडितका नाममा प्रदर्शन हुन लागेका कतिपय फिल्महरू लगानीको २० प्रतिशत रकम पनि उठाउन नसक्ने छन् । त्यस्ता फिल्महरू भूकम्पपीडितका नाममा प्रदशर्न गरी साहनुभूति आर्जन गर्न चाहन्छन् । कुनै फिल्म जो सुपरडुपर फ्लप छन् ती फिल्महरू त झन् विदेशमा च्यारिटीका लागि जाँदैछन् ।

प्रदर्शनबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा दिइने उनको भनाइ छ । पुष्कर राउत, जोश्ना भट्ट, पदम गाहा, देशभक्त खनाल, मञ्जु श्रेष्ठ, सुरबीर पण्डित, बालदीप राई आदिको मुख्यभूमिका रहेको चलचित्र रामभक्त श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्र ‘त म र उ’ पनि भूकम्पपीडितका लागि मलेसियाको बिभिन्न आधा दर्जनबढी शहरमा शो हुने भएको छ । निर्माता नायक सुदिन प्रसाइले च्यारिटीको सम्पूर्ण रकम भूकम्पपीडितको आवासका लागि खर्च गर्ने जानकारी दिए ।

नवराज प्रसाईको निर्माण र सुदिन प्रसाईको लेखन, प्रस्तुति रहेको चलचित्रमा नीता ढुंगाना, कविन्द्रराज पुरी, दिनेश डि.सी., प्रभाकर श्रेष्ठ, अन्जना आर.सी., पूर्णिमा क्षेत्रीलगायत बालकलाकारहरू राजेन्द्र बस्नेत, रोजिना अधिकारी आदिको मुख्य भूमिकामा अभिनय रहेको छ ।
जोमसोम, कागबेनी , मुक्तिनाथ र काठमाडौमा छायांकन गरिएको यो चलचित्र लक्षु गौतमले निर्देशन गरेकी हुन् ।

त्यस्तै चलचित्र ‘अधकट्टी’ पनि भूकम्पबाट पीडित बनेका चलचित्र प्राविधिकहरूको सहयोगका लागि च्यारेटीमा उत्रदैछ । निर्माता प्रदीप उदयका अनुसार काठमाडौंको कुमारी हलमा असार १ गते च्यारेटी शो हुनेछ ।

कुमारीका दुईवटा पर्दामा देखाइने यो चलचित्र आइएएफ नाम गरेको संस्था र अभिनेत्री ऋचा शर्माको संयोजनमा काठमाडौंमा च्यारेटी शो गर्न लागिएको हो ।

काठमाडौं बाहिरका विभिन्न ५ शहरमा पनि अधकट्टीको च्यारेटी शो हुनेछ । सुब्रत आचार्य निर्देशित यो पूर्णतया कमेडी विषयमा तयार भएको छ ।

आफ्नो वीस प्रतिशत पनि लगानी उठाउन नसकेका यस्ता चलचित्रबाट भूकम्पपीडितले राहतको के आस गर्नु ? उल्टै ती फिल्महरूलाई शो गरेबापत भूकम्पपीडितहरूले रकम दिनुपर्ने हो की भन्ने आशंका बढेको छ ।

प्रतिक्रिया