आइपिएलको उत्कृष्ट ११ खेलाडी सार्वजनिक

एजेन्सी । इन्डियन प्रिमियर लिग(आइपिएल) को आठौँ संस्करण केही समय अगाडि मात्र सम्पन्न भएको थियो । यस संस्करणमा अन्य संस्करणको भन्दा केही फरक भयो । जसमा केही उत्कृष्ट रेकर्डसमेत बनेका थिए । यस संस्करणको फाइनलमा चेन्नई सुपर किङसलाई पराजित गर्दै मुम्बई इन्डियन्सले दोस्रोपटक उपाधि उचालेको थियो । आठौँ संस्करणमा सबै क्लबका एक न एक खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । जसका कारण लिगमा अन्तिम रहेर खेल टुंग्याएको टिमले पनि उपाधि होडमा रहेका टिमहरूलाई पराजित गरेको थिए ।
प्रतियोगिता खेलेको प्रदर्शनलाई आधार मानेर क्रिकेटको आधिकारिक साइट (इएसपिएन)ले आठौँ आइपिएलका उत्कृष्ट ११ खेलाडी चयन गरेको छ । जसमा कुल एक सय ४५ खेलाडीबाट उत्कृष्ट ११ खेलाडी छनोट गरिएको छ । उत्कृष्ट ११ टोलीमा बैंग्लोर सर्वाधिक चार, मुम्बईको तीन, सनराइज हैदरावाद र राजस्थानको समान १–१ खेलाडी लगायत परेका छन् । टोलीको उत्कृष्ट ११ खेलाडीमा कप्तानमा दोस्रोपटक आइपिएलको उपाधि जितेको मुम्बइका कप्तान रोहित शर्मालाई छनोट गरेको छ ।
त्यस्तै बैंग्लोरका कप्तान विराट कोहली, एबी डी भिलियर्स, युजभेन्द्र चाहल र बलर मिचेल स्टार्च, मुम्बईका कप्तान रोहित शर्मा, पार्थिव पटेल र हरभजन सिंह, राजस्थान रोयल्सका अजिन्क्या रहाणे, कोलकताका एन्ड्रयु रसेल,चेन्नईका आशिष नेहरा र हैदरावादका डेबिड वार्नर लगातार दोस्रो वर्ष उत्कृष्ट ११ मा पर्न सफल भएका छन् । जसमा १२औँ खेलाडीमा चेन्नईका ड्वेन ब्राभो रहेका छन् ।

प्रतिक्रिया