महँगो मोबाइलका लागि….

mahango_mobile१३ वर्षको निश्चय पनि उमेर कच्चा उमेर हो । कच्चा उमेरमा के–के रहर हुन्छ, के–के को ? त्यस्ता रहर पूरा गर्न कच्चा उमेरका बालबालिका समझदारीको अभावमा कस्ता–कस्ता कदम उठाउँछन् भन्ने कल्पना गर्न पनि सकिन्न । आफ्ना यस्ता हर्कतका कारण उनीहरूले धेरै ठुल्ठूला मूल्य चुकाउनुपर्छ । यस्ता घटना हाम्रो समाजमा बेला–बेला उजागर हुने गरेका छन् । उदाहरणका लागि छिमेकी मुलुक भारतको एउटा घटनालाई लिन सकिन्छ ।

बडोदराको सुभावपुर नगर निवासी एक जना १३ वर्षीया बालिकालाई जब महँगो मोबाइल र ग्याजेट्सको रहर लाग्यो, तब उनले पैसा जुटाउनका लागि वेश्यावृत्ति गर्न थालिन् । किशोरीले एक वर्षसम्म यस्तो कार्य जारी राखिन् तर उनकी आमाले यसबारे कुनै सुइकोसम्म पाइनन् । आश्चर्यलाग्दो कुरो त के छ भने किशोरीले आफ्ना ग्राहकलाई घरैमा बोलाउने गरेकी थिइन् । यो घटना तब मात्र बाहिर आयो जब ती किशोरी गर्भवती भइन् । त्यसपछि मात्र किशोरीले आमालाई यसबारे बताएकी थिइन् । छोरीको कुरा सुनेर आमा छाँगाबाट खसेजस्ती भइन् । तैपनि, सम्हालिएर उनले आफ्नी छोरीलाई तत्कालै काउन्सिलर (चिकित्सक)कहाँ लगिन् । सुरुमा काउन्सिलरका कुनै पनि प्रश्नको उत्तर दिन नमानेकी ती किशोरीले उत्तर दिन थालेपछि पनि आफ्नो कामलाई जायज भएको बताइरहिन् । काउन्सिलरले उनको क्रियाकलाप सामाजिक रूपमा गलत र कानुनको नजरमा अपराध भएको बताइरहे । काउन्सिलरको धेरै लामो प्रयासपछि किशोरीले आफ्नो सफाइमा भनिन्, ‘म मेरा साथीको जस्तै मोबाइल र अरू ग्याजेट्स चाहन्थेँ । पैसा माग्दा आमाले दिनुभएन । यस्तोमा मसँग वेश्यावृत्तिबाहेक कुनै विकल्प थिए ।’
स्थायी घर आणंद भएको एक परिवारले ती किशोरीलाई अनाथ आश्रमबाट छोरीका रूपमा अपनाएका थिए । त्यसपछि उक्त परिवार (किशोरी र उनको धर्मआमा–धर्मबाबु) बडोदरा आएका थिए । तीन वर्ष पहिला उनको बाबुको मृत्यु भएको थियो । ती किशोरी आमासँगै बस्दै आएकी थिइन्, किराना पसल चलाएर । किराना पसलको कमाइले छोरीको त्यस्तो महँगो इच्छा पूरा हुने कुनै सम्भावना थिएन । आफ्नो रहर पूरा गर्न छोरी वेश्यावृत्तिमा लाग्लिन् भन्ने आमाले कल्पना पनि गरेकी थिइनन् ।
आमा पसलमा बसेको बेला आफ्नो ‘सेकेन्ड ह्यान्ड’ मोबाइलबाट आफ्ना ग्राहकलाई ती किशोरीले घरैमा बोलाउने गर्थिन् । यसपछि उनीसँग एक से एक महँगा मोबाइल फोन र ग्याजेट्सहरू उपलब्ध भए ।
ती किशोरीलाई काउन्सिलिङ गर्ने डाक्टरका अनुसार उनी एकदमै जिद्दी केटी हुन् । उनी गलत संगतमा परेको पनि उनले बताए । ती किशोरीको यस्तो कर्तुतबारे उनका नजिकका साथीको समूहलाई थाहा थियो तर कसैले पनि यसबारे वास्ता गरेनन् । (एजेन्सी)

प्रतिक्रिया