जति छोटो स्कर्ट उति बढी छुट

Chhoto-Skart-Storyचीनको एउटा रेस्टुरेन्टले महिला ग्राहकका लागि छुट दिने नयाँ योजनाअघि सारेको छ– जति छोटो स्कर्ट, उति बढी छुट । यो योजनाअनुसार महिला ग्राहक रेस्टुरेन्टमा जति छोटो स्कर्ट लगाएर आउँछन्, उति बढी छुट उनीहरूले पाउँछन् । पूर्वी चीनको चोङकिङ सहरस्थित याङजिया हटपोट रेस्टुरेन्टमा महिला ग्राहक आउनेबित्तिकै त्यहाँका कर्मचारी उनीहरूको स्कर्टको नाप लिन थाल्छन् र त्यही आधारमा ती महिला ग्राहकको खानाको बिलमा छुट दिइन्छ ।

रेस्टुरेन्ट आउने महिला ग्राहकले घुँडाभन्दा तीन इन्च माथिसम्मको स्कर्ट लगाएर आएमा २० प्रतिशत छुट दिइने घोषणा गरिएको छ । त्यसरी नै घुँडादेखि १३ इन्च माथि स्कर्ट लगाएकी ग्राहकलाई ९० प्रतिशतसम्मको छुट दिइन्छ । याङजिया हटपोट रेस्टुरेन्ट चीनको चोङकिङ सहरमा स्वादिस्ट खानाका लागि प्रसिद्ध छ ।
पिलुल्स डेली अनलाइनको समाचारअनुसार छोटो स्कर्ट लगाउने ग्राहकलाई बढी छुट दिने योजना एक साता पहिलेबाट लागू गरिएको हो । रेस्टुरेन्टका संस्थापक इसन याङले भने, ‘व्यापारमा आएको मन्दीका कारण हामीले यो अनौठो महसुस हुने ‘अफर’ घोषणा गरेका हौँ ।’ उनका अनुसार यो योजना लागू गरेपछि आइतबार एकै दिनमा ५० भन्दा बढी महिला ग्राहक रेस्टुरेन्टमा आएका थिए ।
इसनका अनुसार रेस्टुरेन्टले पछिल्ला पाँच महिनादेखि यस्तो व्यवसायिक योजना लागू गर्दै आएको छ । ‘जसरी होस्, म रेस्टुरेन्टमा बिक्री बढाउन चाहन्छु ।’ आगामी केही समयसम्मै उनी फेरि पनि यही योजना लागू गर्ने सुरमा छन्– जति छोटो स्कर्ट, उति बढी छुट । (एजेन्सी)

प्रतिक्रिया