विद्यालय खुल्नुअघि मनोवैज्ञानिक कक्षा

child-cartonकाभ्रे, १५ जेठ । भूकम्प गएको ३६औँ दिनबाट जिल्लामा रहेको विद्यालयहरू खुल्ने भएको छ । जिल्ला शिक्षा कार्यालय र विद्यार्थी संघको सहकार्यमा विद्यालयको सुरुआती दिनमा विद्यार्थीलाई मनोवैज्ञानिक कक्षा दिने भएको छ । त्यसका लागि सम्पूर्ण शिक्षकलाई आवश्यकीय तालिमका कक्षाहरू सञ्चालन भइरहेको कुरा जिल्ला शिक्षा कार्यलय काभ्रेले जनाएको छ ।

विद्यालय सञ्चालन भएको करिब दुई हप्तापश्चात् मात्र कक्षाका विषयवस्तुमा प्रवेश गर्ने जनाएको छ । यसरी शिक्षकले लिएको तालिममा बाल मनोवैज्ञानिक सिकाइका क्रियाकलाप, मनोरञ्जनका कक्षाहरू विद्यालय खुलेको १५ दिनसम्म सञ्चालन गर्नेछ । त्यसका लागि सम्पूर्ण विद्यार्थी संगठनलाई आफ्नो ठाउँबाट सहयोगको अपिल गरेका छन् ।
मनोवैज्ञानिक कक्षा सञ्चालनमा नेपाल विद्यार्थी संघ काभ्रेले भने प्रत्येक दुई जनाका दरले विद्यालयमा आफ्नो प्रतिनिधिहरूलाई तालिमसहित खटाएको कुरा नेविसंघका अध्यक्ष मादव ढकालले जानकारी दिए । उनले बाहिर आएका चर्चा हल्ला मात्र भएको भन्दै त्यसको चर्को अलोचना गरे । आपूmहरूले विद्यार्थी पढ्न सक्ने वातावरण तयार गर्न तालिमसहितका प्रतिनिधि खटाएको उनले बताए । यसका लागि विद्यार्थी संगठनहरू अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियुलगायतका संगठनहरू सक्रिय रहेर काम गरिरहेका छन् ।
त्यस्तै महाभूकम्पबाट घरबारसँगै आर्थिक स्रोत गुमाएका भूकम्पपीडितलाई राहत वितरण कार्यको समन्वयमा रेडियो कार्यक्रम ‘ह्याङला दाज्र्यू’ अगाडि बढेका छन् । ‘ह्याङ्ला दाज्र्यु’को समन्वयमा जिल्लाको विकट बस्तीहरूमा राहत उपलब्ध गराएको कार्यक्रमका उत्पादक एवं प्रस्तोता बुद्ध लोप्चनले जानकारी दिए । केही दिनअघि कार्यक्रमको समन्वयमा मलेसियामा रहेका प्रवासी नेपालीको सहयोगमा जिल्लाको विकट क्षेत्र डाँडापारीस्थित डाँडागाउँ–३ मा राहत वितरण गरेका थिए । मलेसियामा रहेका युवा समाजसेवी बाबुलाल घिसिङको नेतृत्वमा केही रकम संकलन गरी सहयोग स्वरूप नेपालमा पठाएको रकमबाट खाद्यान्न खरिद गरी सोमबार काभ्रेका विकट बस्ती डाँडापारीस्थित डाँडागाउँ गाविसमा पु¥याइएको हो । मध्यपहाडको आवाज रेडियो एबिसी एफएम ८९.८ मेगाहर्जबाट प्रसारण हुँदै आएको तामाङ भाषाको रेडियो कार्यक्रम ‘ह्याङला दाज्र्यु’को संयोजनमा सोमबार सो राहत भूकम्प प्रभावित बस्तीमै पुगेर वास्तविक भूकम्प पीडितलाई सञ्चारकर्मी लोप्चनले हस्तान्तरण गरेका हुन् ।
उनले डाँडागाउँ गाविसको वडा नं. ३ का ४१ घरधुरीका भूकम्प पीडितलाई खाद्यान्न र नुन वितरण गरेका हुन् । जिल्ला दैवीप्रकोप उद्धार समिति काभ्रेमा गाविस सचिवले बुझाएको तथ्यांकलाई हेर्ने हो भने डाँडागाउँ गाविसको करिब साढे चार सयभन्दा बढी घर पूर्णरूपले क्षतिग्रस्त छन् भने एक जनाको मृत्यु भएको छ ।
गाविस सचिव उत्तमप्रसाद तिमल्सिना, सञ्चारकर्मी बुद्ध लोप्चन र राजनीतिक दलका प्रतिनिधीहरूको समेत उपस्थिति रहेको सो राहत वितरणका लागि मलेसियाबाट काभ्रेका सुनील लामा, नुवाकोटका छेवाङ लामा, तेह्रथुमका दीपक लिम्बू, सिन्धुलीका वीरबहादुर थोकर, सर्लाहीका उज्वल कटुवाल, तेह्रथुमका रजेन लिम्बु , सिरहाका सिद्धार्थ लामालगायतले आर्थिक सहयोग गरेका थिए । यसैगरी ‘ह्याङ्ला दाज्र्यु’कै समन्वयमा डाँडागाउँ गाविसमा करुणा फाउन्डेसनको राहत सामग्री हेलिकोप्टरमार्पत पुयाइएको थियो । कार्यक्रमका प्रस्तोता लोप्चनका अनुसार अब वनखु गाविसमा राहत वितरण कार्यमा जुट्नेछ ।

प्रतिक्रिया