काठमाडौं, १३ जेठ । नेपालको भूकम्पपीडितको सहयोगार्थ मलेसियामा हुने च्यारिटी खेलका लागि नेपाल क्रिकेट संघ(क्यान) र मलेसिया क्रिकेटबीच सम्झौता भएको छ ।
मंगलबार आयोजित एक कार्यक्रममा क्यानकी प्रमुख कार्यकारी अधिकृत (सिइयो) भावना घिमिर र मलेसिया क्रिकेट संघका अध्यक्ष महिन्दा भाल्लिपुरमबीच च्यारिटी खेलका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सो अवसमा नेपाल र ममलेसियाबीचको उक्त च्यारिटी खेलको लोगो सार्वजनिक गरिएको थियो । खेलबाट उठेको रकम क्यानले प्रधानमन्त्री दैविक राहत कोषलाई सहयोग गर्ने र केही रकम दुई वर्षभित्र क्रिकेट संरचना विकास गर्नका लागि सहयोग गर्नेछ । ५० ओभरको खेल मलेसियाको किन्नरारा ओभल मैदानमा अगस्ट ९ देखि १४ सम्म हुनेछ ।
क्यानकी सिइयो भावना घिमिरेले नेपाल र मलेसियाको उमेर समूह तथा सिनियर टोलीको खेल एकै किसिमले विकास भइरहेको हुँदा दुई देशबीच क्रिकेटमा सहकार्य आवश्यक रहेको बताइन् । मलेसिया क्रिकटेका अध्यक्ष महिन्दाले क्यानले जानकारी गराएलगत्तै नेपाल भ्रमणका लागि आएको जानकारी गराए । उनले नेपाल सरकारले भूकम्पपीडितका लागि केही राम्रो प्रयास गरेको समेत जोड दिए । नेपाल भ्रमणको क्रमको महिन्दाले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग भेटवार्ता गरेका थिए । (सौस)
प्रतिक्रिया