नेपाल समूहमा पहिलो

u-14काठमाडौं, १२ जेठ । ताजिकिस्तानमा जारी एफसी यु–१४ क्षेत्रीय च्याम्पियनसिपमा नेपाल लगातार दोस्रो जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

‘फ्रम द रुबल्स वि राइज, लेट्स प्ले फर नेपाल’ भन्ने नारासहित सहभागी नेपाली युथ टोलीले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा अफगानिस्तानलाई २–० ले पराजित
गरेको होे ।
दशहान्वे सहरको इस्टिकोल स्टेडियममा सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नेपाललाई विजयी गराउन रेजिन सुब्बाले दुवै गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले आक्रमक खेल प्रस्तुत गरेकोे थियो । खेलको ४७ औँ मिनेटमा पहिलो गोल गरेका रेजिनले ५४ औँ मिनेटमा अर्काे गोल गर्दै नेपाललई २–० को अग्रताम दिलाए थिए ।
समूह ‘बी’ को विजेता बनेको नेपालले अब समूह ‘ए’ को उपविजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । अफागानिस्तानविरुद्व पनि नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो ।
एसियाको फुटबल तल्लो तहबाटै विकास गर्ने उद्देश्यले एएफसीले प्रत्येक वर्ष फेस्टिभलको आयोजना गर्नेगर्छ । नेपालले फेस्टिबलका लागि एक महिना अघिबाट तयारी थाले पनि वैशाख १२ को भूकम्पले प्रशिक्षण प्रभावित बनेको थियो । भूकम्पपछि पनि एन्फाले क्याम्प खडा गरी खेलाडीको मनोवैज्ञानिक असर कम गराई फेस्टिभलका लागि तयार बनाएको थियो ।
एफसी यु–१४ क्षेत्रीय फुटबल फेस्टिभलमा दक्षिण एसिया र मध्ये क्षेत्रका सात टोलीले सहभागिता जनाएका थिए । । प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक ताजिकिस्तानसहित भारत, श्रीलंका र इरान छन् । समूह ‘बी’ मा नेपालसहित अफगानिस्तान र पाकिस्तान छन् । प्रतियोगिताको फाइनल खेल २६ मेमा दशहान्वे सहरमा हुनेछ ।
नेपाली युथ टोली अभिषेक बर्माको कप्तानीमा छ । ताजिकिस्तान जाने टोलीका अन्य सदस्यमा छिरिङ तामाङ, आकाश रानाभाट, असीम भुषाल र विकास खवास छन् । यसैगरी, नवीन गुरुङ, अञ्जल गुरुङ, निराजन महर्जन, मषीस थापा, अमृत गुरुङ, विनय चौधरी, नितेन थापा, दिप्सन राउत, अनिल महर्जन, जय गुरुङ, दर्शन गुरुङ, रेजिन सुब्बा र राजीव लोप्चन टोलीमा छन् । मुख्य प्रशिक्षकमा हरि खड्का र सहायक प्रशिक्षकमा सुनोज श्रेष्ठ रहँदा टिम म्यानेजरमा सञ्जीव मिश्र छन् ।

प्रतिक्रिया