काठमाडौं । नेपाल वादोरियो कराते डो संघको आयोजनामा एडभान्स ट्रेनिङ सम्पन्न भएको छ । ६ दिने ट्रेनिङमा ६७ प्रशिक्षार्थीको सहभागिता रहेको संघले जनाएको छ । नेपाल कराते महासंघका महासचिवसमेत रहेका वादोरियो करातेका प्रमुख प्रशिक्षक हरिशरण केसीले सहभागीलाई प्रशिक्षण दिएका थिए ।
वादोरियो करते संघका उपाध्यक्ष तेजेन्द्र गुरुङ, नेपाल बक्सिङ संघका महासचिव दीपक गुरुङ, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार बस्नेतलगायतले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
समापनका अवसरमा खेलाडीले काता प्रस्तुत गरेका थिए । (सौस)
प्रतिक्रिया