काठमाडौं, ११ जेठ । सुदूर पश्चिमाञ्चलको विकट जिल्ला बैतडी क्रिकेटका लागि निकै राम्रो मान्ने गरिन्छ । त्यस ठाउँबाट हालसम्म राष्ट्रिय स्तरमा विभिन्न उमेर समूहमा गरी करिब १२ दर्जनभन्दा खेलाडी उत्पादन भइकसकेको छन् ।
त्यस क्षेत्रबाट नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य अञ्जली चन्द, रेखा रावललयागत खेलाडी उत्पादन भएका थिए । क्रिकेट खेलप्रति त्यहाँको युवा मात्र होइन, स्थानीयहरू पनि निकै लगाव राख्ने गर्छन् ।
भारतसगँ सिमाना जोडिएको जिल्ला भएकाले बैतडीका युवाहरू क्रिकट प्रतियोगिता खेल्न र प्रशिक्षण लिन भारतसमेत जाने गरेका छन् ।
भारतका क्रिकेटरहरू समेत बैतडीमा प्रतियोगिता हुँदा स्थानीय क्लबहरूमार्फत सहभागिता जनाउने गर्छन् । त्यस क्षेत्रमा भारत र नेपालका युवाहरूबीच क्रिकेट माध्यमबाट सुमधुर सम्बन्ध स्थापित भइसकेको छ ।
छिमेकी मुलुकले दिलाएको क्रिकेट संस्कार र युवा खेलाडीको मिहिनेतले पछिल्लो समय नयाँ सम्भावना बोकेको बैतडी क्रिकेटले भौतिक पूर्वाधारमा पनि फड्को मार्ने भएको छ ।
मैदान अभावमा प्रतियोगिता सम्पन्न गर्न कठिनाइ भइरहेको अवस्थामा सरकारले खेलमैदान निर्माणका लागि बजेट विनियोजन गरे पछि यहाँका क्रिकेट खेलाडी उत्साहित भएका छन् । त्यस्तै, क्रिकेटको धेरै सम्भावना बोकेको त्यस क्षेत्रमा अब अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने भएको छ । सुदूरपश्चिमाञ्चलको विकट जिल्ला बैतडीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने भएको छ । बैतडीको क्षेत्र नम्बर ६ स्थित सुन्दरखलिमा सहिद दशरथ चन्दको नामबाट क्रिकेट मैदान निर्माण कार्य सुरु भएको छ ।
भारतको बोर्डरनजिकै सहिद दशरथ चन्दको घरनिजिकै उनकै नामबाट स्थापित दशरथ चन्द माध्यमिक विद्यालय मैदानमा उक्त अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न लागिएको हो ।
नेपाल सरकारले ११ करोड ५० लाख बराबरको लागतमा दशरथ चन्द क्रिकेट स्टेडियम निर्माण गर्न लागेको हो । हाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट एक करोड १९ लाख बजेट निकासा भइसकेको छ । क्रिकेट मैदान निर्माणका लागि दशरथ चन्द नगरपालिका र जिल्ला विकास समितिले क्रिकेट मैदान निर्माणका लागि सहयोग गरेको थियो । क्रिकेट मैदान निर्माणका लागि राखेपले आह्वान गरेको टेन्डरअन्तर्गत हाल चन्द्र एन्ड वसन्त कन्स्ट्रक्सनले काम गरिरहेको छ ।
यसअघि दशरथ चन्द क्रिकेट मैदान र क्षेत्र नम्बर ६ बैतडीको क्रिकेट एकेडेमीसमेत रहेको ठाउँलाई स्तरोन्नति गरेर सुविधासम्पन्न ‘दशरथ चन्द क्रिकेट स्टेडियम’ निर्माण सुरु भएको हो । स्टेडियममा प्याराफिट, जिमखाना, इन्डोर हल र पेभेलियन हल रहनेछन् । कुल ५५ यार्ड क्षेत्रफल रहेको सुविधासम्पन्न खेलमैदान तीनबर्से योजनासहित निर्माण थालिएको छ । असार महिनाभित्र दुई मिटर अग्लो पर्खाल तथा सम्याउनेलगायत काम हुने क्षेत्र नं ६ बैतडीका सचिव तेजप्रकाश भट्टले बताए ।
त्यस्तै क्षेत्र नं ६ बैतडीका अध्यक्ष विनोद चन्दले यसक्षेत्रमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण सुरु भएपछि पर्यटन विकाससमेत गर्न सकिने बताए ।
प्रतिक्रिया