भूकम्पले क्याम्पसमा करोडौको क्षति

Campus-Butwal-Nepalभैरहवा, ११ जेठ । महाभूकम्पका कारण पश्चिम क्षेत्रकै ठूलो पुस्तकालयमा क्षति पुगेको छ । भैरहवा बहुमुखी क्याम्पस परिसरमा रहेको पुस्तकालय भवन अहिले चिराचिरा परेको छ । जसको कारण पुस्ताकालयमा जान समेत खतरा भएको भन्दै क्याम्पस प्रशासनले सबैको ध्यानाकर्षण गराएको छ ।

क्याम्पस प्रमुख डा.घनश्याम न्यौपाने परिश्रमीले पत्रकारहरूलाई क्षतिग्रस्त भवनको अवलोकन गराउँदै भने, ‘पश्चिम क्षेत्रकै ठूलो र पुरानो क्याम्पसको पुस्तकालय अहिले ढल्ने अवस्थामा छ । यी अमूल्य हजारौँ थान पुस्तक स्थानन्तरणको समस्या छ ।’
प्रमुख न्यौपानेले यस विषयमा जिल्ला प्रशासन, जिल्ला प्राविधिक र सहरी भवन डिभिजन कार्यालयलाई जानकारी गराइसकेको बताए ।
भवन डिभिजनको प्राविधिक टोलीले शुक्रबार अनुगमन गरी भवनभित्र बस्न अत्यन्तै जोखिम भएको बताएका थिए । इन्जिनियर घनश्याम यादवको नेतृत्वमा आएको टोलीले प्रारम्भिक रूपमा करिब एक करोडभन्दा माथिको भौतिक क्षति पुस्तकालयमा मात्रै भएको बताएको प्रमुख न्यौपानेले जनाए ।
पुस्तकालयमा करिब ६ हजारभन्दा बढी महत्वपूर्ण पुस्तक रहेको पुस्ताकालय प्रमुख लक्ष्मी शर्माले जनाइन् । प्रमुख शर्माले भनिन् ‘पुस्तकालय नखोलौँ भने पाठकहरू आउँछन् खोलाँ भने डरैडर छ ।’ २०४४ सालताका विद्यार्थीहरूको सहयोगबाट स्थापना भएको सो पुस्ताकालयलाई भूकम्पले क्षति पु¥याउँदा क्याम्पस प्रशासन अत्यन्तै स्तव्ध भएका उपप्रशासक बुद्धकुमार श्रेष्ठले जनाए ।
अन्य कक्षा कोठामा विद्यार्थीको चाप भएको हँदा तत्काल पुस्तकालय अन्यत्र सार्न नसकिएको, हजाराँ पुस्तक त्रिपालमुनि लगेर राख्न नसकिन हँदा समस्या निम्तिएको क्याम्पसका विद्यार्थी कल्याण प्रमुख केशव शर्मा बेल्बासेले जनाए ।
पुस्तकालय पुनर्निर्माणका लागि क्याम्पसले स्थानीय प्रशासन, संघसंस्था सबैलाई जानकारी र सहयोगको अपेक्षासहित पत्र पठाइसकेको छ । २०२५ भदौ ४ गते सिद्धार्थ कलेजको नाममा स्थापना भई पछि भैरहवा बहुमुखी क्याम्पसमा रूपान्तरण भएको सो क्याम्पसमा हाल दुई हजार विद्यार्थीले पठनपाठन गर्छन् ।
क्याम्पसमा त्रिविका बिबिएस, बिएसस्सी, बिएड, बिए, बिबिएमसहित मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायअन्तर्गत सात वटा विषयमा स्नातकोत्तर तहको पठनपाठन पनि हुने गर्दछ ।

प्रतिक्रिया