पोर्न फिल्मबाट सचेतना

Pornसिड्नी । यहाँ टेस्टिकुलर क्यान्सरका लागि सचेतना बढाउन एक पोर्न फिल्म बनाइएको छ । अस्ट्रेलियाको एक विज्ञापन एजेन्सीसँग मिलेर पोर्न फिल्म बनाएको एक फिल्म स्टुडियोले टेस्टिकुलर क्यान्सरका बारेमा जागरुकता फैलाउन फिल्म बनाएको दाबी गरेको छ ।

‘गेम्स अफ वाल्स’ नामक यो फिल्ममा पोर्न स्टार इवा लोबियाले टेस्टिकुलर क्यान्सरको सन्देश दिएकी छन् । उनी फिल्मको मध्यभागमा रोकिएर दर्शकसँग संवाद गर्छिन् र आफैँ टेस्टिकुलर क्यान्सरको जाँच कसरी गर्न सकिन्छ भनेर बताउँछिन् । उनले फिल्ममा एक साथीको मद्दत लिएकी छन् ।
इवाले टेस्टिकुलर क्यान्सरका बारेमा बढी जानकारी दिनका लागि ‘प्लेविदयोरसेल्फ डट ओआरजी’ नामक वेबसाइटको अवलोकन गर्न सुझाव दिएकी छिन् । सिड्नीको विज्ञापन एजेन्सी एमएन्डसी साचीले प्रसिद्ध पोर्न मुभी स्टुडियो डिजिटल प्लेग्राउन्ड र ब्लुबाल फाउन्डेसन नामक समाजसेवी संस्थासँग मिलेर ह्यारी पोर्टर शृंखलाको चर्चित फिल्म ‘गेम्स अफ थ्रोन्स’को नाममा गेम्स अफ वाल्स नामक फिल्मको निर्माण गरेका हुन् ।
यो पोर्न भिडियोलाई अस्ट्रेलियामा रहेको चर्चित वेबसाइट ‘डिजिटल प्लेग्राउन्ड डट कम’ ले सार्वजनिक गरेको छ । हालसम्म १५ लाखभन्दा बढी दर्शकले वेबसाइटमार्फत भिडियो हेरिसकेका छन् । ब्लु बोल्सका संस्थापक जेमी मोर्गनले फिल्म हेरे इमेल, फेसबुक, फोनमार्फत पाएको प्रतिक्रियाबाट आपू उत्साहित भएको बताएका छन् ।
(एजेन्सी)

प्रतिक्रिया