काठमाडौं । भूकम्पको समयमा वसन्तपुरमा पुरिएर घाइते भएकी मिस राई पुनम राईको उपचारका लागि किरात खेलकुद संघको पहलमा एक लाख रुपैयाँ प्रदान सहयोग गरिएको छ । वसन्तपुरबाट नेपाली सेनाले उद्धार गरेपछि उनलाई छाउनी अस्पतालमा राखिएको थियो । उनको खुट्टा भाँचिएको थियो भने टाउको र ढाडमा गम्भीर चोट लागेको थियो । विदशेमा तथा नेपालमा बस्नेहरूसँग समन्वय गर्दै किरात खेलकुद संघले सहयोग गरेको हो । छाउनीबाट उपचारका लागि बिएन्डबी अस्पतालमा भर्ना भएकी पुनम उपचारपछि घर फर्किसकेकी छिन् ।
यसैगरी, क्याम्ब्रिज हाइस्कुलसँग समन्वय गर्दै संघले सिन्धुपालचोक भीमटारमा रहेको दनुवार बस्तीमा १ सय ७० बोरा चामल र १ सय किलो चामलको साथमा दाल, चिउरा र चाउचाउ वितरण गरियो । यसैगरी, लिसर्व गाविसमा २५ बोरा चामल, प्रदान गरियो । (सौस)
प्रतिक्रिया