काठमाडौं । देशमा गएको विनाशकारी भूकम्पले धेरैलाई आहत बनाएको छ । यस्तो अवस्थामा देश तथा विदेशबाट राहत तथा सहयोग गर्ने मनहरू यतिबेला सक्रिए भएर लागिपरेका छन् । यसै मेलोमा देखिएको छ, कपिलवस्तु समाज युके र काठमाडौंबाट प्रकाशित हुने मिलाप राष्ट्रिय मासिक । यी दुई संस्थाले भूकम्प प्रभावित विभिन्न जिल्लामा पुगेर राहत वितरण काम गरिरहेका छन् ।
कपिलवस्तु समाज युके र पासा पुच गुठी युकेले केही ठाउँमा नेपाल चलचित्रकलाकार संघसँग मिलेर राहत वितरण गरेको छ । यतिबेला नेपालमा रहेका कपिलवस्तु समाज युकेका उपाध्यक्ष महेन्द्र विक्रम कुँवर र सदस्य दिनेश श्रेष्ठ, पासा पुच गुठी युकेका मनीषकुमार श्रेष्ठ सक्रिए भएर लागेका छन् । आहतलाई राहत पुर्याउन भने विदेशमा बसेर संस्थाका दीपककुमार श्रेष्ठ, बर्मा खनाल, हरिष ज्ञावालीलगायतकाले उनीहरूको कार्यलाई होस्टेमा हैसे गरिरहेका छन् ।
संस्थाले अहिलेसम्म गोरखा जिल्लाको स्वारा गाविस, धादिङको क्षत्रेदेउराली गाविस त्यस्तै काठमाडौंको चन्द्रगिरी नगरपालिका, भक्तपुरको सूर्यविनायक नगर पालिका, लालिपुरको कार्यविनायक नगरपालिका र नुवाकोटको सामरी र तारुका गाविसमा राहत पु¥याउने
काम गरेको छ ।
नुवाकोटमा चिल्ड्रेन फर चिल्ड्रेन भन्ने संस्थाले पनि साथ सहयोग पु¥याएको संस्थाका उपाध्यक्ष महेन्द्र विक्रम कुँवरले बताए । राहत वितरण सामग्रीमा त्रिपाल, चामल, चिउरा, चाउ चाउलगायत साम्रगी छन् । कपिलवस्तु समाज युकेसँग सहकार्य गरी विभिन्न जिल्लामा राहत वितरण गरेको मिलाप मासिकका कृष्णप्रसाद भुषालले जनाए ।
हालसम्म भूकम्प प्रभावित नौ जिल्लामा राहत वितरण गरेको यो संस्थाले अन्य जिल्लामा पनि राहत तथा पूननिर्माणमा पनि आफूलाई सक्रिए बनाउने जनाएको छ । (सौस)
प्रतिक्रिया