अमेरिका पुगेर रेखाले यसरी पोखिन् पीडा

Rekha-Thapaकाठमाडौं, ८ जेठ । अभिनेत्री रेखा थापाले भूकम्पबाट आफ्नो वासस्थान गुमाउनु परेको पीडा अमेरिका पुगेर सार्वजनिक गरेकी छिन् ।

हाल अमेरिकामा रहेकी अभिनेत्री रेखाले वैशाख १२ गतेको भूकपम्प र त्यसपछिका पराकम्पनहरूले आफू बस्दै आएको अपार्टमेन्टबाट प्रवेश गर्नै नसक्ने गरी गुमाएको पीडा पोखेकी हुन् ।

‘हुन त मैले आफैले पनि यो महाभूकम्पमा परी आफू बसिरहेको अपार्टमेन्ट अब फर्कन नमिल्ने गरी गुमाएको छु’, रेखाले चलचित्र प्राविधिक संघलाई पठाएको लिखित सन्देशमा भनिएको छ, ‘म आफैंले पनि कयौं दिन त्रिपालमा सत्न बाध्य भए ।’

अभिनेत्री रेखा चावहिलस्थित मित्रपार्कमा रहेको अम्वे अपार्टमेन्टको सातौं तल्लामा फ्लाइट किनेर बस्दै आएकी थिइन् । उनी बस्दै आएको अपार्टमेन्ट मात्रै होइन राजधानीका अधिकांश अपार्टमेन्टहरू बस्नै नमिल्ने गरी क्षति भएका छन् ।

रेखा अपार्टमेन्टमा आफ्नी आमासँगै बस्दै आएकी थिइन् । उनको भनाइअनुसार अब रेखा अपार्टमेन्टमा बस्ने छैनिन् ।

केही महिनाका लागि अमेरिका गएको जनाएकी रेखाको लिखित सन्देशअनुसार उनी भूकम्पबाट अत्याधिक त्रसित भएको देखिएको छ । अमेरिकामा रहेका नेपालीहरूको निमन्त्रणामा आफू अमेरिका पुगेको उनले उल्लेख गरेकी छिन् ।

रेखा मात्रै होइन अपार्टमेन्टमा गुँड बनाएका अधिकांश कलाकारहरू पुरानो वासस्थानमा फर्कने योजनामा छैनन् । उनीहरू मात्रै होइन जसले अपार्टमेन्टमा फ्लाइट किनेका थिए उनीहरू पनि फर्कन चाहेका छैनन् ।

‘हुन त मैले आफैले पनि यो महाभूकम्पमा परी आफू बसिरहेको अपार्टमेन्ट अब फर्कन नमिल्ने गरी गुमाएको छु’, रेखाले चलचित्र प्राविधिक संघलाई पठाएको लिखित सन्देशमा भनिएको छ, ‘म आफैंले पनि कयौं दिन त्रिपालमा सत्न बाध्य भए ।’

चलचित्र प्राविधिक संघलाई राहत

यसैबीच, विभिन्न संघ, संस्था र चलचित्रकर्मीले भूकम्पबाट पीडित कलाकारका लागि चलचित्र प्राविधिक संघमा राहत जम्मा गरेका छन् । संघका अध्यक्ष मनोज केसीका अनुसार अभिनेत्री रेखा थापाले एक लाख नगद उपलब्ध गराएकी छिन् ।

अभिनेत्री भूवन चन्दले दश हजार, बसन्धरा भुसाल र उनकी छोरीद्वारा ६० हजार, चैत्यदेवी सिंहले दश हजार नगद राहत संघमा उपलब्ध गराएका छन् ।

संघमा राहत संकलन हुने क्रम जारी रहेको अध्यक्ष केसीले उल्लेख गरे । उनले भूकम्पबाट पीडत चलचित्रसँग सम्बन्धितहरूलाई उपलब्ध गराइने बताए ।

प्रतिक्रिया