मध्यपुरको पहलमा २३ लाख बराबरको राहत सामग्री

lunivaकाठमाडौं । भक्तपुरका भूकम्पपीडितलाई फुटबलका पूर्वराष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह, बास्केटबलका राष्ट्रिय खेलाडी लुनिभा सिहं, स्थानीय व्यक्ति तथा क्लबहरूले राहत सामग्री प्रदान गरेका छन् ।
मध्यपुर युथ एसोसिएसन, मर्सी क्लब र युइसिपीको संयुक्त प्रयासमा भक्तपुरका १७ वडामा ५५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको छ । भक्तपुरको मध्यपुर युथ एसोसियन र मर्सी क्लबले ६ देखि ११ वडा तथा १३ वडामा प्रतिपरिवार २० केजी चामल, दाल, चिनी, तेललगायत दैनिक आवश्यकीय सामग्री प्रदान गरे ।
त्यस्तै, युइसिपीलेले भने १२ र १४ देखि १७ वडासम्म आवश्यकीय राहत सामग्री हस्तान्तरण गरेको छ । मध्यपुर युथ एसोसियसनले करिब ५० स्वयंसेवक परिचालन गरी भक्तपुरका २ सय २७ परिवारलाई दैनिक खाद्यान्न र कपडा प्रदान गरेको बास्केटबलकी राष्ट्रिय खेलाडी लुनिभा सिंहले बताइन् । ‘ घर भत्केका कारण पानीको समस्या भएकाले हामीले पानी राख्ने भाँडो र पानी पनि प्रदान गरेका छौँ’, लुनिभाले बताइन् ।
मध्यपुरका अध्यक्ष एवं प्रशिक्षक उपेन्द्रमान सिंहले सबैले समान तरिकाले राहत पाउन भन्ने उद्देश्यले विभिन्न सस्थासँग सहकार्य गरेर राहत सामग्री वितरण गरेको बताए । त्यस्तै, टोलीका सदस्य अष्ट कवएले पहिलो चरणमा ३५ लाख बराबरको राहत वितरण गरेको बताए ।
उनले मध्यपुर, मर्सी क्लब र युइसिपी मिलेर भक्तपुरका सबै क्षेत्रमा राहत वितरण गर्ने योजना रहेको बताए । (सौस)

प्रतिक्रिया