कान्स । हलिउड चर्चित अभिनेत्री पेरिस हिल्टन फ्रान्सको कान्समा आयोजित ६८ औँ ‘कान्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल’ मा करोडपति व्यापारी जोय फेरनियरका साथ देखिएपछि उनीहरू प्रेममा रहेको हुनसक्ने अनुमान सेलिब्रेटीले गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पेरिस र जोय पछिल्लो केही महिनादेखि धेरै कार्यक्रममा सँगै देखिँदै आएका छन् । यो जोडीलाई कान्स फेस्टिबलमा पनि पार्टीको समयमा सँगै देखिएको थियो । उनीहरू कान्सको कार्लटन होटलमा बसेका छन् । त्यहाँ पेरिसले जोयसँगको सम्बन्धबारे केही बोलेकी छैनन् ।
‘मलाई ब्रिटिस केटा मनपर्छ, मलाई आफ्नो कुकुरको याद आउँछ, जब म आफ्नो मित्रसँग आउँथे, त्यो कुकुर जहिल्यै पनि हाम्रो रमाइलोमा अवरोध गरिरहन्थ्यो,’ उनले भनेकी छन् । (एजेन्सी)
प्रतिक्रिया