काठमाडौं । राष्ट्रिय विपत् तथा जोखिमको समयमा हुन सक्ने बाल दुव्र्यवहार तथा बालबालिका बेचबिखनको घटनाहरूलाई न्यूनीकरण गर्न बाँकेका स्थानीय बाल क्लबका प्रतिनिधि ‘बाल अधिकार तथा मानव बेचबिखन’ विषयमा नाटक देखाउन सक्रिय भएर लागेका छन् ।
जोखिमको समयमा समुदायमा धेरै प्रकारको समस्या आउने सक्ने भएकाले बालबालिकाका अभिभावकलाई केन्द्रित गरी तयार परिएको नाटकले बालबालिकाको संरक्षणको सवालमा अभिभावक तथा स्थानीय सरोकारवालाले खेल्न सक्ने भूमिका विषयमा केन्द्रित रहेको नाटकमा ८ जना कलाकारले अभिनय गरेका छन् ।
सेभ द चिल्ड्रेनको साझेदारीमा बाँके युनेस्को क्लबको आयोजना गाउँ बाल संरक्षण तथा संवद्र्धन उपसमितिको संयोजनमा बाल क्लबले बाँकेको चिसापानी, नौबस्ता, कोहलपुर, कचनापुर, कम्दी र बैजापुरमा नाटक प्रदर्शन गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्धिकीले बताए । (सौस)
प्रतिक्रिया