नयाँ बाटो बनाउँदै धतुरे

Dhatureकाठमडाौं । हास्य अभिनेता सिपी पुडासैनी ‘धतुरे’ ले पहिलोपटक टेलिसिरियल निर्देशन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका लागि निर्देशक पुडासैनी स्वयंका साथमा एनबी नेपालद्वारा संयुक्त रूपमा टेलिसिरियल ‘नयाँ बाटो’ निर्माण गर्न लागेका हुन् ।
हास्य भूमिकामा अभिनय मात्रै गर्दै आएका पुडासैनीले स्वास्थ्य जनचेतनासम्बन्धी टेलिसिरियल निर्देशन गरेका हुन् । पुडासैनीका अनुसार युनिसेफको अध्ययनले देखाएको १० देखि १९ वर्षसम्मका बालबालिका र किशोर किशोरीमा आउने परिवर्तनबारे प्रस्ट पार्नेछ भने यो उमेरमा उनीहरूलाई आवश्यक पर्ने जानकारी दिनेछ । किशोर किशोरीको मनोविज्ञान र प्रजनन स्वास्थ्यका बारेमा निर्माणाधिन टेलिसिरीयलले भूकम्पबाट त्रसित र निराश बालबालिका र किशोर किशोरीको ध्यान खिच्ने दाबी पनि उनले गरेका छन् । ‘यसबाट बालबालिका र किशोरकिशोरीले आपूmमा आउने मानसिक र शारीरिक परिवर्तनबारे प्रस्ट जानकारी लिन सक्नेछन् भने ती परिवर्तनलाई स्वभाविक रूपमा लिनुपर्नेबारे सिकाउनेछ’ सिपीले भने ‘भूकम्पका कारण त्रसित र निराश भएकाहरूको मन पनि भुल्याउनेछ ।’
नेपाल टेलिभिजनले प्रसारण गर्ने गरी निर्माणाधिन टेलिसिरियलमा शशिविक्रम थापाको लेखन, प्रतिमा चिमोरियाको मुख्य सहायक निर्देशन र सागर खड्काको छायांकन र राजेन्द्र श्रेष्ठको सम्पादन रहनेछ । २६ भागको यो सिरियलको ५ भाग सुटिङ पूरा भइसकेको छ भने यसै महिनाभित्र नेपाल टेलिभिजनले बुधबार राति प्रसारण गर्ने पुडासैनीले बताए ।
भूकम्पबाट खासै क्षति नभएको राजधानीको गोठाटार र मूलपानीमा छायांकन भइरहेको सिरियलमा शिरोमणी दवाडी, एनबी नेपाल, सिपी पुडासैनी ‘धतुरे’, प्रतिमा चिमोरिया, केदार न्यौपाने, रञ्जु कार्की, क्रान्ति पराजुली, बाल कलाकार मुस्कान वाग्ले, मनिषा सापकोटा, सविना गैरे, सागर जिटी, निर्जल पौडेल, अजिश कार्कीलगायतले मुख्य भूमिकामा अभिनय गरिरहेका छन् । (सौस)

प्रतिक्रिया