क्रिस्टियानो रोनाल्डो, जो आफ्नो उत्कृष्ट फुटबल खेलकौशलले दुनियाँमा चर्चित छन्, हालै आफ्नो खेलइतर क्षमता र हुट्हुटीले गर्दा विश्व–सञ्चारमा नामुद बनेका छन् । उनले हालै मात्र महाभूकम्पपीडित नेपालीका लागि ८० करोड रुपियाँभन्दा धेरै सहयोग संकलन गरेका छन् र त्यो रकम जम्मा गराएका छन्, अन्तर्राष्ट्रिय संस्था ‘सेभ दि चिल्डे«न’को खातामा । विभिन्न प्रकोप वा विपत्तिमा पीडित हुनेहरूको अवस्थाले छिटै द्रवित हुन पुग्ने स्वभाव भएका रोनाल्डोले यसरी नेपालका भूकम्पपीडितका लागि गरेको सहयोग उनको जीवनकै सर्वाधिक ठूलो नगद सहयोग हो ।
रोनाल्डोको बल हान्ने शैली जत्तिकै अद्भूत छ, उनको चाँडै संवेदनशील र भावनात्मक भइहाल्ने बानी । अन्य सेलिब्रेटी राहत संकलनमा संलग्न भइरहँदा रोनाल्डोले आफ्नो व्यक्तिगत सहयोग मात्रै ८० करोडभन्दा बढी रकम संकलन गरेका हुन् । उनले आफ्नो १० करोडभन्दा धेरै लाइक रहेको आधिकारिक फेसबुक पेजमार्पत यसअघि नै सहयोग रकम जुटाउन समर्थकलाई अपिल गरिसकेका छन् ।
आफ्नो विगत भुल्दैनन् रोनाल्डो
रोनाल्डोलाई युवा अवस्थामा म्यानचेस्टर युनाइटेड क्लबमा प्रशिक्षण दिएका माइकल क्लेग भन्छन्, ‘रोनाल्डो जहाँ गए पनि उनी आफ्नो विगत भुल्दैनन् र आपूजस्तै अरूलाई सोच्छन् । अनि तत्काल सहयोगमा उत्रन्छन् ।’
बाबु रक्सीको नशामा रहेका कारण घरपरिवार गरिबीमा बाँच्न विवश थियो । उनका दाजु तथा दुई दिदी समेतलाई पाल्न परिवारले ठूलै संघर्ष ग¥यो । कोठामा दाजु हुगोसँगै सुत्ने रोनाल्डो खेलौना नपाएपछि भांतारिन्थे । त्यसैले उनले खेलौना खेल्ने उमेरबाटै स्थानीय सडकमा फुटबल गुडाउन थाले । १० वर्षको उमेरमै नासियोनल नामक स्थानीय क्लबसँग सम्झौता गरेपछि रोनाल्डोको चर्चा स्थानीयस्तरमा बढेको थियो ।
रोनाल्डो बेलायतको म्यानचेस्टर युनाइटेडको क्यारिङटन टे«निङ कम्प्लेक्समा देखा पर्दा उनको उमेर केवल १८ वर्ष थियो । सन् २००७–०८ को सिजन रोनाल्डो, फर्गुसन र क्लब सबैका लागि महत्वपूर्ण रह्यो । रोनाल्डोले ४२ गोल मात्रै गरेनन्, म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधी समेत जिताए । त्यसैवर्ष उनले पहिलोपटक फिफा वर्ष खेलाडीको अवार्ड जिते । त्यसको एक वर्षभित्रै रियाल म्याड्रिडका अध्यक्ष फियोरेन्टिनो पेरेजले रोनाल्डोलाई विश्व कीर्तिमानी रकममा आबद्ध गरे । रोनाल्डोले म्यानचेस्टरमा छँदा त्यस क्लबलाई नौ वटा उपाधी जिताए ।
रियाल म्याड्रिड आएपछि रोनाल्डोले क्लबलाई च्याम्पिन्यस लिग, ला–लिगा, कोपा डेल रे र क्लब वल्र्ड कप जिताइसकेका छन् । उनले अहिलेसम्म तीनपटक फिफा बेलोन डी‘ओरको उपाधि जितिसकेका छन् ।
जसले स्कुल खोल्न सुनको जुत्ता बेचे
रोनाल्डो बालबालिका भनेपछि हुरुक्कै हुन्छन् । उनी सधैँ गरिब असहायको सहयोगमा जुट्ने गरेका छन् । त्यसका लागि आफ्नै विगतले प्रेरणा दिने गरेको रोनाल्डोको भनाइ छ । अन्य सेलिब्रेटी शरीरमा खोपाएका ट्याटुका कारण चर्चामा आउँछन् तर सुगठीत शरीर भएका रोनाल्डोले अहिलेसम्म ट्याटु खोपाएका छैनन् । उनका एजेन्टले बताएअनुसार शरीरमा ट्याटु खोपेपछि रक्तदान गर्न नमिल्ने तथ्यलाई मनन गर्दै रोनाल्डोले ट्याटु नखोपेका हुन् ।
सन् २००९ मा आफ्नी आमा क्यान्सरबाट ग्रसित भएपछि रोनाल्डो चिन्तामा थिए । उनले आमाको उपचार गर्ने अस्पताललाई एउटा टापुमा क्यान्सर सेन्टर बनाउन एक लाख पाउन्ड चन्दा सहयोग गरे । पोर्चुगलको मेडिइरामा सन् २०१० मा गएको बाढीपछि रोनाल्डोले रकम संकलनका लागि एएफसी पोर्टो र मेडिइरामा रहेका क्लबका खेलाडीबीच च्यारिटी खेल गराउन अपिल गरेका थिए । उनले मेडिइराबाट आपैmँ खेले र रकम संकलनमा योगदान गरे । सन् २०१२ मा रोनाल्डोले टरमिनल क्यान्सरबाट पीडित एक नौ वर्षीय बालकको उपचारका लागि सहयोग गरेका थिए । युद्धग्रस्त क्षेत्र गाजापट्टीमा स्कुल खोल्नका लागि रोनाल्डोले पुरस्कार स्वरूप जितेको सुनको जुत्तालाई नै लिलामीमा राखे । सन् २०११ म युरोपेली फुटबलमा सर्वाधिक गोल गरेवापत जितेको गोल्डेन बुट उनले लिलामीमा राखेका थिए । उक्त बुटको बिक्रीपछि प्राप्त एक दशमलव पाँच मिलियन युरो उनले गाजापट्टीमा स्कुल खोल्न खर्चिए । सन् २००४ मा इन्डोनेसियामा सुनामी जाँदा खाल्डोमा पुरिएका एक बालकले पोर्चुगलको रोनाल्डो अंकित जर्सी लगाएको तस्बिर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाएको थियो । तस्बिर सार्वजनिक भएपछि रोनाल्डो एकाएक इन्डोनेसिया पुगे र उद्धार तथा राहत संकलनका लागि अहोरात्र खटे ।
रोनाल्डोबारे १० तथ्य
१. रोनाल्डोका बाबु आफ्ना छोरालाई अभिनेता बनाउन चाहन्थे । उनी अमेरिकी अभिनेता तथा पूर्वराष्ट्रपति रोनाल्ड रेगनका फ्यान थिए । त्यसैले उनले छोराको नाम क्रिस्ट्रियानो रोनाल्डो जुराए ।
२. १५ वर्षको उमेरमा रोनाल्डो रेसिङ हर्ट नामक रोगबाट ग्रसित थिए । उनको फुटबल करियर सकिने संभावना बढेको थियो । तर, उनी स्वस्थ्य रहँदै विश्वकै सर्वोत्कृष्ट फुटबलरसमेत बन्न भ्याए । सन् २००९ मा रोनाल्डोले रात्रि क्लबमा रक्सी धोकेर समय बिताएको समाचार प्रकाशित भएको थियो तर वास्तविकता फरक छ । उनका बाबुको अत्यधिक रक्सी सेवनकै कारण रोगसँग लड्न नसक्दा निधन भएको थियो । त्यसकारण पनि रोनाल्डो सधैँ रक्सीबाट टाढा छन् ।
३. रोनाल्डोले म्यानचेस्टर आउँदा नम्बर सात लेखिएको जर्सी लगाउने कल्पनासमेत गरेका थिएनन् । तर, उनको क्षमतालाई बुझेर एलेक्स फर्गुसनले सात नम्बरको जर्सी सुम्पिए । म्यानचेस्टरमा ब्रायन रोब्सन, एरिक क्यान्टोना र डेबिड बेकह्यामजस्ता खेलाडीले लगाउने जर्सी नम्बर सातको महत्व विशेष छ । रोनाल्डोले त्यसपछि पोर्चुगल र अहिले रियाल म्याड्रिडमा समेत सात नम्बरको जर्सी लगाउँदै आएका छन् ।
४. केही समयअघि मात्रै बडीबिल्डर तथा अभिनेता आरनोल्डले रोनाल्डो विश्वकै सबैभन्दा फिट खेलाडी रहेको टिप्पणी गरेका थिए । उनले रोनाल्डोले कसरी आफ्नो शरीर मेन्टेन गर्छन् ? भन्दै आश्चर्य व्यक्त गरेका थिए । पछिल्लो समय स्पेनका व्यावसायिक धावक एन्जेल डेभिड रोड्रिग्वेज र रोनाल्डो जिगज्याग स्प्रिङ दौडमा एकसाथ कुदेका थिए । आधा मिनेटको दौडमा रोनाल्डोले व्यावसाहिक धावक रोड्रिग्वेजलाई नै पछि पारे ।
५. रोनाल्डोको शरीरमा केबल १० प्रतिशतको फ्याट दर छ । विश्वचर्चित महिला मोडलहरूको शरीरमा समेत झन्डै १३ दशमलव ७ प्रतिशतको दरमा फ्याट रहने गरेको छ । शरीरमा चिल्लोपना कम भएकै कारण रोनाल्डो छिटो दगुर्न सक्छन्, चाडैँ उफ्रन सक्छन् र आफ्नो शरीरलाई अधिकतम प्रयोगमा ल्याउन सक्छन् । अचम्मलाग्दो विषय त उनी बास्केटबलको व्यावसायिक लिग एनबिएमा हुने औषत जम्पभन्दा धेरै उफ्रन सक्छन् । रोनाल्डो औषतमा ४४ सेन्टिमिटरसम्म जम्प गर्न सक्छन् । एउटा जंगली चितुवाले भन्दा पाँच गुणा बढी शक्तीमा रोनाल्डो उफ्रन सक्छन् ।
६. उनी एक सय ३० किलोमिटर प्रतिघन्टाको दरमा ‘फ्री’किक प्रहार गर्छन् । तर, रोनाल्डो आफ्नो व्यावसायिक सफलताको जस अल्बर्ट फानट्राउलाई दिन्छन् । स्पोर्टिङमा छनोट हुनअघि युथ गेममा रोनाल्डोले अल्बर्टकै पासमा गोल गरेका थिए । त्यतिबेला पास दिएको बारे प्रश्न राख्दा रोनाल्डोसँग अल्बर्टको सामान्य जवाफ थियो, ‘तिमी मभन्दा राम्रो छौ ।’ अहिले अल्बर्ट बेरोजगार छन् तर उनी घर र कारसहित धनी जीवन बिताइरहेका छन् । जीवनशैलीका सम्बन्धमा प्रश्न राख्दा हाँस्दै अल्बर्टको जवाफ हुन्छ, ‘यो सबै रोनाल्डोका कारण हो ।’
७. क्यानडामा एउटा त्यस्तो विश्वविद्यालय समेत छ जहाँ क्रिस्ट्रियानो रोनाल्डो विषयक मनोवैज्ञानिक कोर्ससमेत राखिएको छ ।
८. जुलाई सन् २०१० मा रोनाल्डो पहिलोपटक बच्चाको बाबु बनेका थिए । उनको छोराको नाम क्रिस्ट्रियानो रोनाल्डो जुनियर हो । तर, छोराकी आमाको नाम रोनाल्डोले अभैm सार्वजनिक गरेका छैनन् । उनले छोराकी आमासँग चिनजान नभएको बताउँदै आएका छन् । खासमा डिएनए परीक्षणपछि छोरा आफ्नो रहेको पुष्टिसहित रोनाल्डोले बच्चालाई स्वीकार गरेका थिए । तर, उनले यौनसम्पर्क राखेकी महिला को हुन् भन्ने स्वयं उनी आफैंलाई थाहा नभएको बताउँदै आएका छन् ।
९. रोनाल्डो ११ वर्षको उमेरमा स्पोर्टिङ सिपीमा आबद्ध भएका थिए । संयोगवस् उनीअघिका पोर्चुगलका कप्तान लुई फिगो पनि ११ वर्षमै स्पोर्टिङका लागि छानिएका थिए । अर्को संयोग, दुवै खेलाडीलाई रियाल म्याड्रिडले विश्वकीर्तिमानी रकममा किन्यो । फिगो सन् २००० मा पहिलो ग्यालेक्टिको बनेर ६० दशमलव १ मिलियन अमेरिकी डलरमा बार्सीलोनाबाट रियाल म्याड्रिड गए । रोनाल्डो सन् २००९ मा १ सय मिलियन अमेरिकी डलरमा म्यानचेस्टर युनाइटेडबाट रियाल म्याड्रिड पुगे ।
१०. सन् २०१२ मा गाजापट्टीमा स्कुल खोल्नका लागि रोनाल्डोले आफ्नो सुनको जुत्ता लिलामीमा राखे । उनले सन् २०११ मा जितेको गोल्डेन बुट एक दशमलव पाँच मिलियन पाउन्डमा बिक्री भयो । त्यसको एक महिनापछि रोनाल्डोले फिफा एघार नामक एक स्वास्थ्य कार्यक्रममा सहभागी भएर दुव्र्यसन, एचआइभी र मलेरियाजस्ता रोगबाट टाढा बस्न बालबालिकामा जनचेतना पैmलाए ।
प्रतिक्रिया