मुम्बई, २५ वैशाख । भारतको बाम्बे हाई कोर्टले ‘हिट एन्ड रन’ मुद्दामा बलिउड अभिनेता सलमान खानलाई जमानत दिएको छ ।
सलमानको जमानत याचिकामा सुनवाई गर्दै बाम्बे हाई कोर्टले आज (शुक्रवार) जमानतमा बस्न दिने फैसला गरेको हो । १३ वर्षपछि सेशन कोर्टको फैसाविरुद्ध हाई कोर्टले बुधबार तीन घण्टा भित्रै सलमान खानलाई जमानतमा बस्न दिने आदेश दिएको थियो । आदेशको भारतमा विरोधसमेत भएको छ ।
हाई कोर्टको फैसलासँगै सलमानलाई अब हिरासतमा बस्नु नपर्ने भएको छ । बाहिरै बसेर सलमानले मुद्दा लड्न पाउनेछन् ।
सरकारी वकील प्रदीप घरातका अनुसार सलमानलाई तीस हजार रुपियाँ धरौटीमा रिहा गर्न हाई कोर्टले आदेश दिएको छ । जमानत पाएका सलमानले भारत छाड्न भने पाउने छैनन् । उनले आफ्नो पासपोर्ट अदालतमा राख्नुपर्ने छ ।
सुनवाईका बेला हाई कोर्टका न्यायाधीश अभय थिप्सेले प्रहरी जवान रवीन्द्र पाटिलको बयानको कापी मागेर हेरेका थिए । पाटिल दुर्घटनाका प्रत्यक्षदर्शी साक्षी हुन् । उनको निधन भइसकेको छ ।
सलमान खानले २८ सेप्टेम्बर २००२ मा राति मादक पदार्थ सेवन गरेर आफ्नो गाडी फुटपाथमा सुतेका सर्वसाधारणमाथि चढाएका थिए । उनको गाडीले एक जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।
बुधवार सेशन कोर्टले सलमानलाई दोषी ठहराउँदै पाँच वर्षको सजाय सुनाएको थियो । फैसलाविरुद्ध सलमानका कानुन व्यवसायीहरूले हाई कोर्टमा जमानतका लागि निवेदन दिएका थिए ।
सुनवाईका बेला हाई कोर्टका न्यायाधीश अभय थिप्सेले प्रहरी जवान रवीन्द्र पाटिलको बयानको कापी मागेर हेरेका थिए । पाटिल दुर्घटनाका प्रत्यक्षदर्शी साक्षी हुन् । उनको निधन भइसकेको छ ।
पाटिललाई सलमान खानलले अत्याधिक मानसिक तनाव दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाइ सकेका छन् ।
मुम्बई सेशन कोर्टका न्यायाधीश डीडब्लू देशपान्डेले आफ्नो फैसलामा सलमान खानविरुद्ध हत्यासम्बन्धी मुद्दा प्रमाणित भएको जनाएका थिए । दुर्घटनाका बेला सलमान खानले मादक पदार्थ सेवन गरेर गाडी चलाएको प्रमाणित भएको फैसलमा उल्लेख छ ।
प्रतिक्रिया