६ कर्मचारीका भरमा भूकम्पमापन केन्द्र

– शरद शर्मा

तारन्तार भूकम्प आएपछि उनीहरू घर पनि जान पाएका छैनन् । कार्यालयमा नै राम्रोसँग बस्न र खाना पनि समस्या छ । ‘हामी सूचना दिने मान्छे आफैँ डराइडराइ दिइरहेका छौँ,’ केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने, ‘भूकम्प आएको दिनदेखि घर जान पाएका छैनौँ ।’ उनले आफ्नै घर कस्तो छ भन्नेसमेत थाहा नभएको बताए । उनीहरू कार्यालयको कोठामा कतै भुइँको कार्पेट र सोफामा सुतेर सेवा दिइरहेका छन् । खाना बाहिर पकाउने गरिएको छ । ‘म यहीँ भित्र कोठामा सुत्छु, साथीहरू कोही त्यतिकै कार्पेटमा, कोही सोफामा सुत्नुहुन्छ,’ उनले आफ्नो टेबुलबाट सुत्ने ठाउँ देखाउँदै भने, ‘खाना पनि बाहिर पकाएर खान्छौँ । भूकम्प आएको दोस्रो दिनपछि मात्र खाना खायौँ ।’

प्रतिक्रिया