अमेरिकाबाट कान्दालीलाई सहयोग

kandaभरतपुर । अमेरिकामा रहेका नेपाली विद्यार्थीसहितको विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा चितवन कान्दाका भूकम्पपीडितहरूलाई सोमबार खाद्यान्न र लत्ताकपडा सहयोग गरिएको छ ।

चितवनको लोथर र कोराक गाविसमा पर्ने कान्दामा मितेरी फाउण्डेशनको समन्वयमा दुई लाख ४२ हजार रुपियाँ बराबरको खाद्यान्न सहयोग गरिएको हो ।

वैशाख १२ गते आएको महाभूकम्पबाट कान्दाका ८२ घरधुरी प्रभावित भएका छन् ।

हालसम्म कान्दामा राहत नपुगेकाले प्रभावित क्षेत्रमै पुगी राहत वितरण गरिएको फाण्डेशनले जनाएको छ ।

अमेरिकाको टेक्सास युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीले सकलन गरेको रकमबाट भरतपुर–१० की लक्ष्मी कँडेलले कान्दाका ८२ घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरेकी थिइन् ।

कँडेलसहित कान्दालीहरुलाई राहत सामग्री वितरण गर्नेमा सुरेश धिमाल, करुणा फाउण्डेशन, सपना भिलेज, रेडियो अर्पण, फोरम फर नेशन विल्डिङ थिए ।

उनीहरुले संयुक्त रुपमा कान्दालीहरुलाई खाद्यान्न सामग्री वितरण गरेको मितेरी फाउण्डेशनका अध्यक्ष एकल सिलवालले जानकारी दिए ।

वितरण गरिएको सामग्रीमा चामल, दाल, च्यूरा, भूजा, त्रिपाल, म्याट, लत्ताकपडा, तेल, नून र बाल्टीलगायत छन् ।

राहत हस्तान्तरण कार्यक्रममा पत्रकार हरिप्रसाद पोखरेल, युएनडीपीका भाष्कर काफ्ले, साहित्यकार अमर न्यौपाने, नवराज पाण्डे, मितेरी फाउण्डेशनका सदस्य बालकृष्ण थपलियालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया