हिलारीको गृहनगरमा ‘एभरेस्ट डाइन रेष्टुरेण्ट’

न्यूजिल्यान्ड । स्वर्गीय एडमण्ड हिलरीको गृहनगर न्यूजिल्यान्डको अकल्यान्डमा नयाँ नेपाली रेष्टुरेण्ट ‘एभरेष्ट डाइन’ले आफ्नो गुणस्तरीय सेवा सुरू गरेको छ।

गत साता भव्य समारोहकाबीच अकल्यान्डको २ सय ७९ पर्नेलमा रेष्टुरेण्टको औपचारिक उद्घाटन गरिएको हो ।

समारोहमा अकल्यान्ड च्याम्बर अफ कमर्सका जन लरेन्स, फे टाइम टिभीका जेरार्ड स्मिथ तथा समाजसेवी स्वर्गीय लेस हार्भेका छोरा केभिन हार्भेलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थित रहेको थियो ।

कार्यक्रममा ब्रिटेनस्थित एभरेष्ट इन समूहका संस्थापक तथा निर्देशक पशुपति भण्डारीले स्वर्गीय एडमण्ड हिलरीको गृहनगर अकल्यान्डमा आफ्नो रेष्टुराँको नयाँ शाखा खोल्न पाउँदा साह्रै खुसी लागेको बताए ।

उनले तेन्जीङ नोर्गे शेर्पासंग मे २८, १९५३ मा पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्वमा नेपाललाई चिनाउने काम गरेका थिए ।

त्यसपछि पनि हिमालयन ट्रष्ट स्थापना गरेर नेपालमा थुप्रै सामाजिक कामहरू गरेका र्नुभएका स्वर्गीय हिलरीलाई नेपालीहरूले कहिल्यैपनि नबिर्सने उनले बताए ।

“न्युजिल्यान्ड र नेपालबीचको त्यही ऐतिहासिक सम्बन्धलाई जनस्तरमा पनि अरु गाढा तुल्याउन हामीले अकल्याण्डमा नयाँ रेष्टुरेण्ट सुरू गरेका हौं”, भण्डारीले भने ।

कार्यक्रमको सञ्चालन एभरेष्ट इन समूहका निर्देशक यादव भण्डारी तथा एभरेष्ट डाइन न्युजिल्यान्डका प्रबन्ध निर्देशक राजु ढकालले गरेका थिए ।

उक्त अवसरमा एभरेष्ट इन समूहका एक्जिक्युटिभ शेफ शंकर पाण्डेको रेखदेखमा झण्डै तीस थरिका परिकारहरूद्वारा पाहुनाको स्वागतसमेत गरिएको थियो।

ब्रिटेनमा छ वटा रेष्टुरेण्टहरू सञ्चालन गर्दै आएको एभरेष्ट इन समूहले चार वर्षदेखि बेस्ट नेप्लिज क्युजिनको रुपमा ‘एसियन करी अवार्ड’ पाउन सफल भएको छ। सो समूहले जापानमा पनि एभरेष्ट डाइन रेष्टुरेण्ट सञ्चालन गरिरहेको छ।

IMG_4703 IMG_4758 (1) IMG_4758 IMG_4774 Picture1

प्रतिक्रिया