यमन विद्रोहबारे वार्ता गर्न पाकिस्तानी अधिकारी साउदी अरेबियामा

Pakistani-official-Saudi-maइस्लामाबाद, ३ वैशाख । वरिष्ठ पाकिस्तानी अधिकारी यमनमा जारी द्वन्द्वको विषयमा वार्ता गर्न साउदी अरेबियाको भ्रमणमा छन् । साउदी अरेबियाले पाकिस्तानलाई युद्धका विमान, युद्धपोत र स्थल सेनाका औपचारिक अनुरोध गरेको पाकिस्तानका प्रतिरक्षा मन्त्री ख्वाजा असिफले संसद्मा भनेका थिए । हुथी विद्रोहीविरुद्ध लडाइँमा सामेल भइदिन आग्रह गर्न साउदी अरेबियाका मन्त्रिपरषद्का एक मन्त्री तीन दिने भ्रमणका लागि पाकिस्तान पुगेका थिए । नवाज सरिफका कान्छो भाइ पञ्जाव प्रान्तका प्रमुखमन्त्री साहवाज सरिफले साउदी अरेबिया गएको सो प्रतिनिधि मण्डलको नेतृत्व गरेको बताइएको छ । पाकिस्तानको प्रधानमन्त्री नवाज सरिफले सोमबार यमनका राष्ट्रपति यमनी राष्ट्रपति आबेद रब्बो मन्सुर हादीसँग फोन वार्ता गरेका छन् । प्रधानमन्त्रीले गरेको एक सम्बोधनमा साउदी अरेबियाको नेतृत्वमा यमनमा हुथीविरुद्ध लडाइँमा पाकिस्तानी सैनिकले सहयोगको कुनै संकेत गरेका छैनन् ।
विगतका चार महिनादेखि हुथी विद्रोही समूहले जारी राखेको सशस्त्र द्वन्द्वका कारण यमनका सर्वसाधारण नागरिकको जीवन अस्तव्यस्त बन्दै छ । त्यहाँ बालबालिकासहित करिब ६०० जनाको ज्यान गइसकेको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । यमनी राष्ट्रपति आबेद रब्बो मन्सुर हादी, प्रधानमन्त्री खालिद बहाहसहित मन्त्री मण्डलका सबै सदस्यलाई विद्रोहीले कब्जामा लिई नजरबन्दीमा राखेका छन् । यसका कारण संयुक्त राज्य अमेरिका, युरोप, चीन, भारत तथा सबै जसो ठूला राष्ट्रले रादूतावास बन्द गर्नुमा साथै आ(आफ्ना कर्मचारी र नागरिकलाई फिर्ता लगेका थिए । वर्तमान हुथी आन्दोलनलाई इरानी सहयोगमा पर्दा पछाडिबाट नेतृत्व गरिरहेको भनी यमनमा सन् २०११ मा चलेको जनआन्दोलनद्वारा अपदस्थ भएका पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहलाई यसको दोष दिइएको छ । विद्रोहको विद्रोह नरम्रोसँग बढ्दै गएपछि गतः १५
फेबु्रअरीका दिन संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सर्वसम्मतिबाट एउटा संकल्प प्रस्ताव पारित गरी हुथी विद्रोही सेनाले कब्जामा लिएका सबै सरकारी निकाय र अधिकारीलाई ‘विनासर्त र तत्कालै’ मुक्त गर्नुपर्ने माग गरेको थियो । तर, यस प्रस्तावको बेवास्ता र अवहेलना गर्दै विद्रोहीले उग्र हिंसात्मक क्रियाकलाप जारी राखेका थिए ।
यता, यमनका सरकारी सेनाले मुलुकमा शान्ति कायम गराउन राजधानी सानालगायत अन्य सबैजसो सहरहरूमा हुथी विद्रोहीविरुद्ध सैनिक कारबाही सुरु गरेको थियो । व्यापक सैनिक कारबाही र विद्रोहले उग्ररूप लिएपछि राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिमण्डलका सदस्यलगायत कब्जामा परेका सबै उच्चपदस्थ अधिकारी राजधानी सानाबाट भागरे यमनको दक्षिणी भू–भाग आदेन सहरमा केही समयसम्म आश्रय लिए तापनि त्यहाँ पनि असुरक्षित भएपछि दुई हप्ताअघि नै साउदी अरब पुगी त्यहाँ शरण लिइरहेको जनाइएको छ । निरन्तर जारी रहेको हिंसात्मक द्वन्द्वका कारण त्यहाँ आधारभूत स्वास्थ्य सेवा, विद्यालय तथा अनगिन्ती सरकारी संरचना ध्वस्त भएका छन् । निरन्तर चलिरहेको भयानक हिंसाबाट उत्पन्न त्रासका कारण हजाराँै बालबालिका विस्थापित भएका, मानवीय अवस्था नाजुक भइरहेको संयुक्त राष्ट्रसंघीय युनिसेफका प्रतिनिधिले बताएका छन् । जननिर्वाचित सरकारका कार्यकारी अधिकारीले नै सत्ता र देशै त्यागगरी पलायन हुनु परेपछि राष्ट्रपति हादीले पनि हात बाँधेर चुप लागि बस्ने कुरा आएन । राष्ट्रपति हादीको आग्रहमा साउदी अरब सरकारले खाडीका केही अन्य देशको पनि सहयोग लिएर गठबन्धन सैनिक बल तयार भयो । हाल साउदी नेतृत्वको गठबन्धन सेना र हुथी विद्रोहीबीच भीषण संघर्ष भइरहेको छ । गठबन्धन सेनाले विद्रोहीविरुद्ध स्थल तथा हवाई आक्रमण गरी दक्षिणी भाग नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । यमनको हुथी विद्रोहले आफ्नो देशका असन्तुष्ट मुस्लिम समुदायबीच प्रभाव पारी वर्गीय सन्तुलन बिग्रन गई आगो सल्कने पो हो कि भनी नजिकको छिमेकी राष्ट्र साउदी अरब चिन्तित छ । साथै आन्दोलन चर्किंदै गएमा यसले विस्तारै मध्यपूर्वका सिया र सुन्नी वा अन्य तप्काका मुस्लिम समुदायबीच तीव्र धार्मिक विभेद उत्पन्न गराउने, यही मौकामा अल कायदा वा इस्लामिक स्टेट्सका आतंककारीले निश्चिन्त भइ आफ्नो पकडक्षेत्र बढाउनसक्ने, समग्र मध्यपूर्व र खाडी राष्ट्रहरूमा धार्मिक र सामाजिक असन्तुलन उत्पन्न भई आपसमा ठूलो मारकाट र रक्तपात निम्त्याउने खतरासमेत देखा परेको छ ।
यसरी सल्कियो हुथी विद्रोह

फेब्रअरी १०, २०१४  राष्ट्रपतीय प्यानलबाट देशमा जारी संक्रमलाई ध्यानमा राख्दै यमनलाई ६ वटा क्षेत्रको महासंघ बनाउन गरेको प्रस्ताव अनुमोदन ।
अप्रिल २९, २०१४  यमनी सैनिकद्वारा अलकायदाविरुद्ध अपरेसन सुरु
अगस्ट १, २०१४  आफ्नो मन्त्रिपरिषद् भंग गर्दै राष्ट्रपति हादीद्वारा पेट्रोलको मूल्य बढाउने घोषणा, दुई सातासम्म चलेको विद्रोहमा हुथी आन्दोलनकारीको संलग्नता ।
सेप्टेम्बर १८, २०१४  सरकार समर्थित सुन्नी र हुथी विद्रोहीबीच झडप सुरु, हुथी विद्रोहीद्वारा साना कब्जा । युएइनले शान्ति सम्झौता गराएपछि आफ्नो कब्जामा रहेका सहरबाट विद्रोही फर्काउन हुथी तयार । एकताको नयाँ राष्ट्रिय सरकार गठन ।
नोभेम्बर १४, २०१४  हुडिडास्थित यमनको दोस्रो ठूलो बन्दरगाहा तथा राजधानीको ढुवानीका लागि महत्व खेल्ने रेड सी सहर हुथी विद्रोहीको कब्जामा ।
नोभेम्बर ७, २०१४  यमनमा नयाँ सरकारको गठन तर हुथीलाई अमान्य । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को दबाबपछि पूर्वराष्ट्रपति अलि अबदुल्लाह सलेह र अन्य दुई कमान्डर निर्णय स्विकार्न बाध्य ।
जनवरी १९, २०१५  हुथीद्वारा राज्यको टेलिभिजन कब्जा र राजधानीमा सैनिकसँग भिडन्त, सरकारद्वारा ‘कू’ प्रयास ।
जनवरी २२, २०१५  राजधानीमा हुथी विद्रोहीको ठूलो विरोधपछि राष्ट्रपति हादी र उनको सरकारबाट राजीनामा
फेब्रअरी ७, २०१५  हुथी विद्रोहीबाट सरकार कब्जा, ५ सदसीय राष्ट्रपतीय परिषद्ले राष्ट्रपति हादीलाई विस्थापित गरेको घोषणा ।
फेब्रुअरी १६, २०१५  हुथीको सरकार कब्जा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्बाट अमान्य । गल्फ संयोजन परिषद्अन्तर्गत रहेर शक्ति बाँडफाँडको सम्झौता गर्न हुथीसमक्ष माग ।
फेब्रअरी २१, २०१५  पक्राउ परेका राष्ट्रपति हादी भाग्न सफल, राजीनामाको निर्णय फिर्ता ।
मार्च १६, २०१५ दुई महिनासम्म घरभित्रै नजरबन्दमा परेका प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरू हुथीबाट नजबन्दमुक्त
मार्च २०, २०१५  इस्लामिक स्टेट– आइएसआइएलद्वारा सिया मस्जिदलाई लक्षित गर्दै दुई आत्मघाती बम घटना, घटनामा १ सय ३७ को मृत्यु ।
मार्च २२, २०१५  हुथी विद्रोहीद्वारा तेइजको केन्द्रीय सहरसहित महत्वपूर्ण भूभाग कब्जा ।
मार्च २६, २०१५  सानामा हुथीको उपस्थितिलाई निसाना बनाउँदै साउदी अरेबियाको नेतृत्वमा १० राष्ट्रको गठबन्धन तय ।
मार्च २८, २०१५  यमनी राष्ट्रपति अबद रब्बु मन्सुर हादीद्वारा हुथी विद्रोहीलाई आत्मसमपर्ण गर्न आह्वान ।
मार्च २९, २०१५  हवाई बन्दका कारण अरब दुनियाँ गरिब राष्ट्र तहसनहस
मार्च ३०, २०१५  राष्ट्रपति हादी निकटका व्यक्तिद्वारा विमानस्थल फिर्ता गरिएको दाबी । बढ्दो हिंसामा ज्यान गुमाउनेको संख्या झन्डै १ सय पुग्यो ।
मार्च ३१, २०१५  साउदी अरेबियाको बोर्डरमा रहेको हाजास्थित एक प्रान्तमा आक्रमण हुँदा ५० को मृत्यु । घटनाको दोष हुथीले लिनुपर्ने यमनी विदेशमन्त्रीको धारणा ।
मार्च ३१, २०१५  राष्ट्रपति हादीका सैनिक तथा हुथी विद्रोहीबीचको भिडन्तमा एदनमा २६ को मत्यु ।
अप्रिल १, २०१५ होडाइडास्थित रेड सी पोर्टमा भएको हमलामा २३ सर्वसाधारणको मृत्यु । मृत्यु हुनेहरू डेरी कम्पनीमा काम गर्ने कामदार

प्रतिक्रिया